साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सब ठीकठाक छ

Nepal Telecom ad

सब ठीकठाक छ height=
भर्खर–
सफा स्कूल ड्रेसमा 
उनकै उमेरको फुच्चेले मेरा छोराछोरीलाई {{read_more}}
लगेको छ स्कूलमा छोड्न ।
मेरा बाआमा वृद्धाश्रमको आँगनमा घाम ताप्छन्
दाजुभाईसित अग्लो पर्खालले छुट्टिएको छु 
घरमा शान्ति छ
झैंझगडा कम सुनिन्छन्
मेरी श्रीमति चुपचाप टिभी सिरियल हेर्छे दिनैभरि
सोच्न सकिन्छ–
सब ठीकठाक छ ।
म आफ्नै बाटो हिँड्छु
सबसित मिलेको अभिनय गर्छु 
घरमा पूजाकोठा छ
पूजाकोठामा आराध्य देवीदेवता छन्
नियमित पूजाअर्चना चलेकै छ
भन्न सकिन्छ–
सब ठीकठाक छ ।
केहीले मन दुख्दैन मेरो
किनभने मनलाई यस्तै बनाएको छु 
पीर चिन्ता कमै लाग्छ 
अर्काको मामिलामा हात हाल्दिन 
यीयस्ता झमेलाहरूदेखि आफूलाई टाढै राख्छु
कि, अनावश्यक टाउको दुखाउँदिन म
हो त–
सब ठीकठाक छ ।
कमजोरीहरू ढाकछोप गर्छु 
गलतीहरू लुकाउँछु
आफूलाई समष्याहरुबाट जोगाउँछु
हरेक बिग्रिरहेको काम मिलाउन सक्छु 
यसकारण –
सब ठीकठाक छ ।
म 
आफू राम्रै देखिने कोसिस गर्छु 
आफू राम्रै लगाउँछु
आफू राम्रै खान्छु
साँच्चै–
सब ठीकठाक छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x