सुलसुलेचार कृति सार्वजनिक

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विभिन्न चार साहित्यिक कृतिहरू सार्वजनिक भएका छन् ।{{read_more}} कार्यक्रमका प्रमुख अतिथि कवि एवम् संस्कृतिविद् तुलसी
दिवसले रामप्रसाद आचार्यद्वारा लिखित ‘आनन्द वनको आनन्द’ नियात्रासङ्ग्रह, रमेश गौतम ‘पाल्पाली’द्वारा लिखित ‘आलो घाउ’ कवितासङ्ग्रह तथा ‘जीवनका मोडहरू’ कथासङ्ग्रह र कृष्ण भण्डारी ‘मुमुक्षु’द्वारा लिखित ‘गीतमञ्जरी’ गीतसङ्ग्रहको एक समारोहका बीच सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसी दिवसले भन्नुभयो— विभिन्न चार विधाका चार कृतिहरू एकै साथ सार्वजनिक हुनु राम्रो कुरा हो । यी कृतिहरूले नेपाली साहित्यको उन्नयनमा थप मलजल गर्ने नै छन् तर अबको साहित्य नलेखिएको लेखिनुपर्छ, नयाँ गतिबाट अगाडि बढ्नुपर्छ र समाजमा नयाँ प्रभाव छाड्नुपर्छ ।
दायित्व वाङ्मयबाट प्रकाशित उक्त कृतिहरूमाथि समीक्षात्मक मन्तव्य दिनेहरूमा प्रा.डा. भागवत ढकाल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला र डा. देवि नेपाल हुनुहुन्थ्यो भने कृति लेखनबारे मन्तव्य दिनेहरूमा लेखक त्रय रामप्रसाद आचार्य, रमेश गौतम ‘पाल्पाली’ र कृष्ण भण्डारी मुमुक्षु हुनुहुन्थ्यो ।
दायित्व वाङ्मयका प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज अष्टे«लिया (पर्थ) च्याप्टरका अध्यक्ष गणेश घिमिरे र साहित्यकार विमल खनालले बोल्नुभएको थियो ।
स्रोत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest












































