साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल

Nepal Telecom ad

काठमाडौं, मङ्सिर २ गते (संसाक) । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र लुनार ईंङ्गलिश बोर्डिङ्ग स्कुल, गोंगबुँले  ‘दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल’ को  height=आयोजना गरे ।{{read_more}} नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रमुख अतिथिको रूपमा उक्त खेलको शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै कुलपति उप्रेतीले देशमा हुनगइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा पार्टी, नेता तथा कार्यकर्ताहरूले सम्यमित भएर चुनावी प्रतिस्पर्धा गर्नुपर्छ भनेर साहित्यकारहरूले बोलाएर उमेद्वार नेताहरूलाई सन्देश दिनु राम्रो कुरा हो, भन्नुभयो । ‘समय र सन्दर्भलाई जोडेर यो राम्रो कार्यक्रम भएको छ’ कुलपति उप्रेतीले भन्नुभयो, ‘साहित्यकारहरूको यो सन्देश नेतासम्म पुगेर शिष्ट, सन्तुलित र व्यवहारिक भएर चुनावी अभियानमा लाग्न पनि सबैसँग मेरो अनुरोध छ ।’ 

विशिष्ट अतिथि प्रा.डा. गार्गी शर्माले साहित्यकारहरूले कोठामा बसेर मात्र हैन अब स्वच्छ बनेर लेख, पढ र सिर्जना गर्न शारीरिक रूपमा तन्दुरुस्त हुनु पनि जरुरी छ, भन्नुहुँदै साहित्यकारहरूको लागि यस्ता खेलकुदका कार्यक्रमहरू नयाँ प्रयोग र सुरुवात भएका छन्, भन्ने बताउनु भयो । डा. शर्माले साहित्यकार खेलकुद समाज नेपालले जस्तै अरू संस्थाहरूले पनि यस्ता नयाँ र सिर्जनात्मक कार्यक्रमहरूको थालनी गरून् र तिनमा नेपाली खेलकुदहरू समावेश हुनु जरुरी छ, भन्नुभयो ।

प्रा.डा. घनश्याम परिश्रमीले सर्जकले सिर्जनालाई मात्र नभई रचनात्मक कार्यमा पनि ध्यान दिनुपर्ने बताउँदै साहित्यकारहरूबीचका यस्ता कार्यक्रमहरूले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एक आपसमा जोड्ने काम गरेको छ, भन्नुभयो । 

कार्यक्रमका सभापति तथा साहित्यकार खेलकुद समाज नेपालका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले साहित्यकारहरूका बीचमा समन्वय गर्दै खेलकुदका माध्यमले उनीहरूलाई क्रियाशील र सिर्जनात्मक बनाउनको लागि समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूका बीच सम्बन्ध स्थापना गर्ने उदेद्दयले एक वर्ष अगाडि यस संस्थाको स्थापना भएको बताउनु भयो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ६, प्रदेश सभा (क) का लोकतान्त्रिक गठबन्धन तर्फका उमद्वार न्हुच्छे नारायण मानन्धर, प्रदेश सभा (ख) का बाम गठबन्धन तर्फका उमेद्वार योगेन्द्र सङ्ग्रौला, टोखा नगर पालिकाका प्रमुख प्रकाश अधिकारी, वडा नं. १० र ११ का अध्यक्षहरू क्रमशः मधुसूदन पाण्डे र उत्तम अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

साहित्यकारहरूको तर्फबाट स्वच्छ, स्वस्थ र सौहार्दपूर्ण चुनावको सन्देश दिनको लागि आयोजना गरिएको यस मैत्रीपूर्ण भलिबल खेलमा सहभागीहरूलाई सगरमाथा–ए र लुम्बिनी–ए गरी दुई टिममा विभाजन गरी खेलाइएको थियो । 

मङसिरको जाडोलाई तताउँदै निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा लुम्बिनी–ए विजयी भएको थियो । चार सेटको खेलमा लुम्बिनीले २५–१३, १७–२५, २५–१२ र २५–१२ मा सगरमाथालाई पछि पारेको थियो । 

लुम्बिनीको तर्फबाट गुप्तबहादुर श्रेष्ठ (टिम क्याप्टेन), उमेश पाण्डे (टिम व्यवस्थापक), डा. गार्गी शर्मा, बलराम भट्ट, डा.सत्यराज थपलिया, चन्द्रावती न्यौपाने, दुर्गाप्रसाद अधिकारी, सीता बिष्ट कार्की, राधा कार्की, किशोरराज वन्त, धरणीधर गुरागाई, सानु शर्मा, दामोदर ढकाल र जसेन्द्र श्रीपाली प्रतिस्पर्धामा सहभागी हुनुहुन्थ्यो । 
त्यसैगरी सगरमाथा–ए बाट डा. शैलेन्दुप्रकाश नेपाल (टिम क्याप्टेन), रत्नप्रसाद अनामणि श्रेष्ठ (टिम व्यवस्थापक), टंक बहादुर खत्री, नमराज भेटुवाल, गोपीकृष्ण ढुङ्गाना, भवानी मैया पन्त, सबिना सिन्धु, तारा के.सी., देवकी ढुङ्गाना, उत्तम विचार भेटुवाल र प्रशान्त डंगोलले प्रतिस्पर्धा गर्नुभएको थियो । 

खेलको अन्त्यमा विजयी तथा सहभागी खेलाडीहरूलाई प्रा.डा. गार्गी शर्मा र प्रा.डा. घनश्याम परिश्रमीले प्रमाण–पत्र वितरण गर्नु भएको थियो ।

–उमेश पाण्डे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x