साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैलीको नियमित रचना वाचन 

Nepal Telecom ad

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरूको उपस्थितिमा भब्य रुपमा सुसम्पन्न भयो ।{{read_more}} height= सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरूले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए। प्रतिस्पर्धात्मक प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय पुरस्कार क्रमशः गणेश खतिवडा, महादेव अधिकारी र मार्मिक रोशनले प्राप्त गर्नुभएको थियो।

तापाहिटी सामुदायिक अध्ययन केन्द्रले बार्षिक रुपमा दिँदै आएको प्रतिभा सम्मान पनि यसै कार्यक्रममा समायोजना गरिएको थियो । उक्त सम्मान साहित्यकारहरू डा. प्रदीप मैनाली र डिल्ली प्रसाद मुल्तिहुनलाई प्रदान गरिएको थियो भने शैली साहित्य समाजलाई आर्थिक सहयोग प्रदान गर्नुहुने बिष्णु ईश्वरी शिवाकोटीलाई शैली साहित्य समाजद्वारा कदर पत्र प्रदान गरिएको थियो।

शैली साहित्य समाजकी अध्यक्ष मन्जुश्री प्रधान के. सी. (रानु) को सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अथितिको रुपमा गितकार तथा गजलकार रामबहादुर पहाडी हुनुहुन्थ्यो भने निर्णायक मन्डलमा साहित्यकारहरू पोस्टराज चापागाईं र परशुराम परासर हुनुहुन्थ्यो । कार्यक्रम शैली साहित्य समाजका उपाध्यक्ष राम कुमार पन्डितले संचालन गर्नुभएको थियो। रामबहादुर पहाडीको सुमधुर स्वरले गुन्जाएमान बनाएको यस कार्यक्रममा उपस्थिति, पुरस्कृत, र सम्मानित सबै साहित्यकारहरूलाई बधाई दिदै कार्यक्रम बिसर्जन गर्नुभएको थियाे ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x