सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य सन्ध्या शान्तिवाटिकामा

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३७८ औँ शृङ्खला मङ्सिर २ गते शनिबार रत्नपार्कको शान्तिवाटिकामा विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।{{read_more}} height= गोष्ठीमा “अग्रगामीलाई भोट प्रतिगामीलाई चोट, रूपान्तरणका पक्षपातीलाई मतदान गरौँ, समृद्ध नेपाल निर्माण गरौँ” भन्ने आह्वानका गरिएको थियो ।

सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा संस्कृतिविद्, एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित प्रमुख अतिथि हुनुहुन्थ्यो ।  अतिथिहरूमा प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, प्राज्ञ प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ पत्रकार एवम् साहित्यकार आनन्दराम पौडेल, प्रगतिशील लेखक सङघका महासचिव आर.एम.डङ्गोल र वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, प्रा.डा.खेम दाहाल, वरिष्ठ कवि विधान आचार्य, जनगायक रामकृष्ण दुवाल उपस्थित हुनुहुन्थ्यो । 

गोष्ठीमा प्रमोद स्नेही, बैरागी जेठा, मुकुन्द न्यौपाने, जगत् उपाध्याय ‘प्रेक्षित’, जयन्ती स्पन्दन, आनन्दराम पौडेल, विधान आचार्य, मातृका पोखरेल, आर.एम.डङ्गोल, राम विनय, रमेश पोखरेल, विजयध्वज थापा, गोपाल नेपाल, नारायण निरासी, अच्यूत घिमिरे, प्रदीपरत्न शाक्य, तारा गाउँले, रचना दाहाल, भोलानाथ सुवेदी, प्रमोद रेग्मी, सुशीला प्रधानाङ्ग, नवराज श्रेष्ठ, भावना न्यौपाने, विष्णुप्रभा उपाध्याय, पुण्य गौतम ‘विश्वास’, डा.खेम दाहाल, रामेश्वर राउत मातृदासले आआफ्ना अत्यन्त सासामयिक कविता वाचन गर्नुभएको थियो भने जनगायक रामकृष्ण दुवालले जनपक्षीय गीत गाउनुभएको थियो । 

प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले नेपाली कम्युनिस्ट आन्दोलनमा पटक पटक छिन्नभिन्न हुने तर एकजुट भने हुनै नसक्ने र करिब ६०% वामपन्थीका पक्षमा मतदान गर्ने जनताका अपेक्षा भने कहिल्यै पूरा हुननसक्ने दूरावस्था हामीले भोगिरहेका थियौँ तर यो पटक सिङ्गो देशमा वामपन्थीको चुनावी तालमेल हुँदै एकता गर्ने अभियानको थालनी हुनु असाध्यै राम्रो र सकारात्मक कुरा हो, जनचाहनाको कुरा हो भन्नु भयो । कुप्रचारमा रमाउने लम्पसारवादीहरू वामपन्थीहरू मिले भने जनताले रुनसमेत पाउँदैनन् भन्ने जस्तो सस्तो नाराबाजी गरेर डुब्नै लागेको शाख जोगाउने दुश्प्रयत्न गर्दैछन् ! हामी साहित्यकारहरूले कुनै पनि हालतामा यो एकता भत्काउने होइन अझ मजबुत पार्नुपर्छ भन्ने उत्साहका साथ साहित्यसिर्जना गर्नुपर्ने कुरा प्रश्रितले बताउनु भयो । उहाँले ऋग्वेदले स्थापित गरेको दस हजार वर्ष पुरानो इतिहासले ऋषिमुनिहरूको, दार्शनिकहरूको विचार र दृष्टिकोण अहिलेसम्म स्थापित रहेको तथ्यलाई हामी स्रष्टाले पनि मनन गर्नुर्पे, एक अरबभन्दा बढी जनसङ्ख्या भएको चीनको प्रगतिले संसार हल्लाइरहेको छ तर हामीकहाँ लम्पसारवादीहरू, यथास्थितिवादीहरू अझै पनि वामपन्थीले जिते रुन पनि पाइन्न भन्ने भ्रमको खेती गरिरहेका छन् भन्नु भयो । 

प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले प्रगतिशील लेखक सङ्घकै परिशरबाट हिजो मङ्सिर १ गते सङ्घका उपाध्यक्ष खेम थपलियालाई गिरफ्तार गरिएकोप्रति दुःख व्यक्त गर्नुभयो र कलमबाहेक केही हतियार नै नभएको निहत्था व्यक्तिलाई लोकतन्त्र छ भनिएको वर्तमानमा गिरफ्तार गरिनु कायरतापूर्ण कार्य भएकाले तत्काल रिहाइको माग गर्नुभयो र गोष्ठीले पनि सर्वसम्मतिले निहत्था कलमजीवीको तत्काल रिहाइको माग गर्यो ।  

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने नेपाली जनताका प्रतिनिधिले बनाएको संविधानअनुसार हुनलागेको निर्वाचनमा अग्रगामीलाई विजयी गराउनुपर्दछ र यो देशलाई जोगाउँदै समृद्धिको दिशामा अगाडि बढाउनुपर्दछ भन्ने सन्देश सम्प्रेषण गर्ने र त्यसै दिशामा जनमत तयार पार्ने उद्देश्यले यो विशिष्ट समारोह रत्नपार्कमा आयोजना गरेको बताउनु भयो । उहाँले सहभागीसबैलाई हार्दिक धन्यवाद अर्पण गर्दै गोष्ठी विसर्जन गर्नुभयो । 

–रमेश पोखरेल 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad