साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मुक्तक संग्रहको विमोचन

Nepal Telecom ad

ललितपुर मङ्सिर २ गते शनिबार, इलामका मुक्तककार श्री शिव अधिकारी ’इलामे जेठो’ को दुइवटा मुक्तकसंग्रह ‘झटारो’ र ‘भद्रगोल’ को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.राजेन्द्र सुबेदीले लोकार्पण गर्नुभयो ।{{read_more}} त्रिपुर साहित्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा लोकार्पित कृतिहरूमाथि पद्मकन्या क्याम्पसका प्राध्यापक डा. कुलराज निरौला, बानेस्वोर क्याम्पसका प्राध्यापक एबम साहित्यकार रमेश सुभेच्छु र डा.केदार नेउपानेले समीक्ष्यात्मक टिप्पणी गर्नु भयो । डा. कुलराज निरौलाले झटारो मुक्तकसंग्रहमाथि आफ्नो धारणा ब्यक्त गर्दै भन्नु भयो कि मुक्तककार अधिकारीले आफ्ना मुक्तकहरूमा सामाजिक बिकृति र विसंगतिप्रति तीखो ब्यङ्ग गर्दै इमान्दारीका साथ सामाजिक अनि राजनीतिक घटना क्रमलाई मुक्तकको बिषय बनाउनु भएको छ . उहाका मुक्तकहरू वास्तबमा सामाजिक बेथितिलाई लक्ष्यित गरी मुक्तकको माध्यमबाट प्रहार गरेको शसक्त झटारो नै हो । यी मुक्तकहरूबाट हाम्रो बर्तमान समयमा घटेका र भैरहेका सामाजिक बिचलन र बिकृतिहरूबारे थाहा पाउन सकिन्छ ।

त्यसै गरी विमोचित दोस्रो मुक्तकसंग्रह ‘भद्रगोल’ को बारेमा रमेश शुभेच्छुले समीक्ष्यात्मक टिप्पणी गर्दै यस मुक्तकमा मुक्तककार अधिकारीले आफ्नो वैयक्तिक जीवनको यथार्थतालाई ब्यक्त गर्नु भएको छ भन्नु हुँदै उहाँले अधिकारीको अधिकांश मुक्तकमा हाम्रो देशको प्रशासनिक बेथिति, युवाहरूको विदेशप्रतिको मोह, अभिभाबकप्रतिको सन्तानको मोहभंग, सांस्कृतिक बिकृति र लैंगिक विभेद आदिका बारेमा मुक्तकिय अभिव्यक्ति अत्यन्त राम्रो रहेको उल्लेख गर्नु भयो । उहाँले भद्रगोल मुक्तकमा नारी जागरण र चेतना, विभेद मुक्त समाजको आग्रह, प्रेम र प्रणयको बारेमा पनि राम्रो विचारयुक्त भाब समेटिएका र अधिकारीले आफ्नो देश र समाजमा आफूले भोगेका, देखेका, सुनेका र पढेका कुराहरूलाई नै मुक्तकको बिषय बनाएकोउल्लेख गर्नु . यी मुक्तकहरूमा पाइने ब्यङ्गहरू पूर्ण नभई आम्सिक ब्यङ्ग हुन् भन्नु भयो । स्रस्टा कबि शिव अधिकारीको मुक्तकहरूको बारेमा संक्षिप्त मन्तब्य व्यक्त गर्दै डा. केदार नेउपानेले अधिकारीका मुक्तकहरूले समय र समाजको चित्रण गरेका छन् । चतुस्पदी शैलीमा रचना गरिएको छोटो काव्य रुप मुक्तक अहिले सबैको प्रिय विधा भएको विचार ब्यक्त गर्नु भयो ।

प्रमुख अतिथि डा. राजेन्द्र सुबेदीले विमोचित कृतिका सर्जक साहित्यकार शिव अधिकारीका बारेमा मन्तव्य दिँदै भन्नु भयो कि शिव अधिकारीले आफ्नो मुक्तकहरूमा यौटै भावलाई पनि विभिन्न मुक्ताकीय अभिव्यक्ति दिनु भएको छ । यस्ता भावहरूलाई मुक्तावली भन्न सकिन्छ. एकै बिषयमा लेखिएका मुक्तकहरूको समूह नै मुक्तकको शृंखला हुन् जसलाई समुहिकीकरण गर्न सकिन्छ । शिव अधिकारीले एस्ता प्रकारका मुक्तकहरू कुसलतापुर्बक सिर्जना गर्नु भएको छ. यो कुसल मुक्तककारको क्षमता पनि हो र नै मोफसलमा बसेर पनि रामो साहित्य सिर्जना सकिन्छ भन्ने प्रमाण पनि हो । अब कसैले पनि मोफसलका बारेमा चिन्ता गर्नु पर्दैन किनकी मोफसल पनि अब केन्द्र भैसक्यो । 
कार्यक्रमका सभापति एबम त्रिपुर साहित्य समाजका अध्यक्ष्य महेश प्रसाइले मुक्तक अत्यन्त प्रभाबकारी, चोटिलो र सबैको प्रिय विधा रहेको र वर्तमान समयमा मुक्तक सबैभन्दा बढी लेखिन थालियको विधा हो भन्नुहुँदै शिव अधिकारीका मुक्तकहरू पनि बिगतका मुक्तककारका जस्तै राम्रा र मन छुने छन् भन्नु भयो ।

समारोहमा बरिष्ठ साहित्यकारहरू लब गाउले, ललित दोषी, प्रकाशक ध्रुब न्यौपाने, पत्रकार कृष्णप्रसाद अधिकारी, शृंखला मासिकका सम्पादक प्रविण जोशी, दामोदर फुयाल, बुद्दिजीबी नारायण नेपाल, शिव अधिकारीकी पत्नी बिष्णु अधिकारी, इन्दिरा सुबेदी, गुरु बिश्वो मोहिनी कोइराला, इलामका खोलाघरे साइलो, पत्रकार लक्ष्मीप्रसाद आचार्य (रोबेश आचार्य), कलाकार बिष्णु बराल र अर्जुन चौधरी तथा समाजसेवीहरू सूर्य न्यौपाने, शारदा पराजुली, मनिला पोख्रेल, कमल अधिकारी, मीना प्रसाई, सीता नेपाल लगायतको उपस्थिति थियो ।

महालक्ष्मी नगरपालिका वडा नं ५, त्रिपुरनगर, टिकाथली ललितपुरस्थित त्रिपुर संगम समाजको सामुदायिक भवनमा , 
आयोजित सो कार्यक्रममा मुक्तकर्का ्शिव अधिकारीलाई त्रिपुर साहित्य समाजले सम्मान पत्र प्रदान गरेको थियो. कार्यक्रममा लेखक अधिकारीको परिचय र स्वागत मन्तब्य त्रिपुर साहित्य समाज (त्रिसास) का सदस्य नेत्र न्यौपानेले गर्नु भएको थियो भने, कवि अधिकारीलाई त्रिसासले प्रदान गरेको सम्मान पत्र त्रिसासका सचिब दील पौडेलले वाचन गर्नु भएको थियो । उक्त कार्यक्रम त्रिसासका उपाध्यक्ष्य दिब्य गिरीले सञ्चालन गर्नुभएको थियो ।

– दिव्य गिरी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x