साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुलाएका मान्छे

Nepal Telecom ad

मैले– height=
चिटिक्कन
चिमोटेँ आफ्नै पाखुरामा ।
चड्याङ्ग {{read_more}}
ठ्याम्का लगाएँ आफ्नै गालामा ।
अनि मैले–
छामे छातीको देब्रेतिर पञ्जा राखेर
र थिचें दाहिने बुढीऔँलाले देब्रे नारीमा ।
अहो ! म त ठेगानमै पो छु त !
पाखुरा दुख्यो चिमोट्दा
गाला झन्झनायो चड्काउँदा
उफ्रिरहेको थियो मुटुको डल्लो(
ढक् ढक् ढक्
चल्दै थियो नाडी आफ्नै गतिमा( 
ठक् ठक् ठक्
अहो !
बहुलाएकै पो रहेनछु म त !
साँच्चै हो त ?
वरिपरि 
जता हेर्छु बहुलाएकै त छन् मान्छे ।
हाहाहाहाहा…!
कठघरा झै घिसार्दै ल्याउँदैछन्
चटकेहरूले
सिंगापुर र स्विजरल्याण्डहरू ।
हाहाहाहाहा….!
क्या मजाले झुम्म छन्
इन्द्रजालमा परेका रमितेहरू
–आँखा चिम्लेर
–कान थुनेर
–विवेक थुतेर
मुखमा मलमल कोच्दै
खै त पत्याएकै छन् ।
बेलुनको पाङ्ग्रोेमा विकासको जहाज
ओर्लँदैछ
सपनाको गौचरनमा ।
हो, 
ती त बहुलाएकै छन्
तर म ?
सारा संसारले गति छोड्दा
बाटोमा हिँड्नु हुन्छ र मैले ?
सारा मान्छे बहुलाइसक्दा
सद्दे रहनु हुन्छ र मैले ?
धर्मसंकटमा परेको म बिचरादेखि
दया लागेर आएको छ ऊ विचरालाई
बहुलाएका यी बिचराहरूदेखि 
माया लागेर आएको छ ती बिचरालाई
जबजब द्विविधा पर्नेगर्दछ मलाई
सम्झने गर्छु ऊ बिचरालाई
सोध्ने गर्छु–
के गर्नु हुन्छ मैले ?
के गर्नु हुन्न मैले ?
आज पनि उसलाई सोधें मैले
सद्दे बसूँ कि बहुलाऊँ म ?
उसले क्या गजवले राय दियो–
‘दुख पाउने भए नबहुला, मजस्तै !’

२०७४ कात्तिक २५
कौसलटार, भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x