साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतै सुसेली कतै सुस्केरा

Nepal Telecom ad

चुनावी नतिजाको धुवाँधार वर्षामा, 
कोहि डुबिरहेका छन्,
कोही पौडीरहेका छन्
हिजोसम्म आश थियो धेरै नै, {{read_more}}
यस्तो के भयो खास रातभरीमै,
चुनावी बुद्धिचाल खेलेर,
जसले भरेको थियो भोटको डोको,
भयो धोखा पूरा भएन मनको धोको,
हिजो सम्म जो सँगै थियो रेला– जस्तै मेला,
घरदैलो गर्दा उठेका थिए पाइंताला भरी ठेला,
अब हार्ने कुबेला( कहाँ जित्नु ? 
सबैतिरबाट हेला ।
समयको चक्र यस्तो चलेको छ कि
कतै तालीमाथि ताली छ
त कतै गाली मात्र गाली छ,
कतै छ सुस्केरा, त कतै सुसेलीको झ्याली छ,
कोही हर्षले नाचिरहेका छन् ,
उफ्रिरहेका छन् ,अबिर दलिरहेकाछन् 
खुसियाली रोपिरहेका छन् ।
अजम्बरी बुटी हुन्छ जीतको खुसी
प्रफुल्लित भै फुरुंगिएका छन् ।
जुन नेतालाई जनताले नै “छानेको“,
अब ढुक्क छन् उनी, उनलाई ‘छुने को’??
तर प्रतिस्पर्धामा पछि धकेलिएकाहरूको
सपनाको गाउँमा डढेलो लागेको छ,
चाहना हुरीले उडाएको छ ।
उनीहरू घात प्रतिघातको  अनुसन्धानमा तल्लीन छन्
जोड घटाउको कक्षा लगाइएको छ!
हार्नेहरूको भावना कसले बुझ्ने,
गुलाफ स्वयं काँडा बनेको छ,वैमनस्य गाढा बनेको छ,
कतै विलास त कतै  त्रास छ
कतै मधुमास त कतै उठिबास छ,
कठपुतली नचाउनेहरू यसपाली स्वयं
कठपुतली बनेको पीडाबोधमा छन् ।
अल्झाइ मा बल्झेका छन् ।
विश्वासघात भएर टम्म– नसोचेको भै गयो अचम्म ,
जति लागे पनि झर्को, हुने जे थियो भै गयो
कराए जति पनि चर्को ।
हजुरको गल्ला  भासिएको छ ।
बिर्सेर यी तीतामीठा कुरा, जाउँ घर जाउँ
भाउजूको हातको, कागतीको चिया खाउँ ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x