साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यकर्ता

आफ्नो नेताको विरोध सुन्न चाहेन उसले दुवै कान थुन्यो आफ्नो नेताको गल्ती हेर्न चाहेन उसले दुवै आँखा पनि छोप्यो ।

Nepal Telecom ad

कार्यकर्ता- १

नेताहरू
रक्सी पिलाउँदै हाम्रो आस्था भत्काउँछन्
नोट सुँघाउँदै हाम्रो विवेक लठ्ठयाउँछन्
मासुभात खुवाउँदै हाम्रो बुद्धि मास्छन्
जागिरको आश गराउँदै हाम्रो चेतना फसाउँछन्
सुखको लोभ देखाउँदै हाम्रो आदर्श खोस्छन्
यसरी
जब हामी नेताको पछाडि हिँड्न थाल्छौँ
हामीसित-
आस्था
विवेक
बुद्धि
चेतना
आदर्श
यी केही बाँकी रहँदैनन् ।

कार्यकर्ता-२

आफ्नो नेताको विरोध सुन्न चाहेन
उसले दुवै कान थुन्यो
आफ्नो नेताको गल्ती हेर्न चाहेन
उसले दुवै आँखा पनि छोप्यो ।

थुनिएको कान
छोपिएको आँखा
जब-
उसलाई देशका लागि बोलाइयो
उसले केही सुनेन
उसले केही देखेन ।

कार्यकर्ता-३

वरिपरि छन्
बेरोजगार युवा अनुहारहरू
अभावमा झुकेका शिरहरू
आशामा जोडिएका हातहरू
निराशामा दबिएका आवाजहरू ।

यो अभावमा
यो निराशामा
यो अँध्यारोमा
नेताले देख्छ-
आफ्ना लागि थुप्रै जवान सम्भावनाहरू ।

धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x