सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कार्यकर्ता

आफ्नो नेताको विरोध सुन्न चाहेन उसले दुवै कान थुन्यो आफ्नो नेताको गल्ती हेर्न चाहेन उसले दुवै आँखा पनि छोप्यो ।

Nepal Telecom ad

कार्यकर्ता- १

नेताहरू
रक्सी पिलाउँदै हाम्रो आस्था भत्काउँछन्
नोट सुँघाउँदै हाम्रो विवेक लठ्ठयाउँछन्
मासुभात खुवाउँदै हाम्रो बुद्धि मास्छन्
जागिरको आश गराउँदै हाम्रो चेतना फसाउँछन्
सुखको लोभ देखाउँदै हाम्रो आदर्श खोस्छन्
यसरी
जब हामी नेताको पछाडि हिँड्न थाल्छौँ
हामीसित-
आस्था
विवेक
बुद्धि
चेतना
आदर्श
यी केही बाँकी रहँदैनन् ।

कार्यकर्ता-२

आफ्नो नेताको विरोध सुन्न चाहेन
उसले दुवै कान थुन्यो
आफ्नो नेताको गल्ती हेर्न चाहेन
उसले दुवै आँखा पनि छोप्यो ।

थुनिएको कान
छोपिएको आँखा
जब-
उसलाई देशका लागि बोलाइयो
उसले केही सुनेन
उसले केही देखेन ।

कार्यकर्ता-३

वरिपरि छन्
बेरोजगार युवा अनुहारहरू
अभावमा झुकेका शिरहरू
आशामा जोडिएका हातहरू
निराशामा दबिएका आवाजहरू ।

यो अभावमा
यो निराशामा
यो अँध्यारोमा
नेताले देख्छ-
आफ्ना लागि थुप्रै जवान सम्भावनाहरू ।

धरान

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल