सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुन्दरी प्रतियोगिता

‘कतै यस्तो सुन्दरी प्रतियोगिता हुँदै जाँदा हुनसक्ने पिँडालु सुन्दरी प्रतियोगितामा ‘पिँडालु सुन्दरी’ को पगरी पिँडालुकै पुर्पुरोमा ठोक्किन आउन के बेर ?’ धारणा विकासको गुदी कुरो त्यत्ति हो, अरू केही होइन ।

Nepal Telecom ad

सुन्दर सुन्दरी प्रतियोगिता चल्न/चलाउन थालिएको धेरै भइसक्यो । यसमा मान्छेको धेरै चाख छ । धेरै आकर्षण छ । सायद यसका लागि खर्चिनु पर्ने रकम राशि पनि कम आकर्षक छैन होला । यस्तो आकर्षणै आकर्षणको केन्द्रका लागि खर्चिएको नेपाली शब्द ‘सुन्दर’ र ‘सुन्दरी’ को अर्थ भने लागिरहेको थिएन मलाई । कस्तालाई सुन्दर भत्रे कस्तीलाई सुन्दरी भत्रे द्विविधाले गाँजिरहेको थियो । अरूका लागि सहज भए पनि मेरा लागि यो प्रश्न निकै जटिल सावित भइरहेथ्यो । भाषालाई भद्रगोल बनाएर आपूmखुसी गर्न पल्केका दुनियाँदिवानालाई सोधिहाल्ने आँट पनि गर्न सकिन । तिनलाई सोध्नुभन्दा समस्याको समाधान आपैmँ गर्छु भनेर खुत्रुक्क नेपाली शब्दकोश पल्टाएँ । सुन्दरको अर्थ रहेछ- मनलाई हर्ने, मनोहर, आकर्षक ।

यति हेरिसकेपछि सुन्दरीलाई पनि किन नहेरूँ भत्रे लाग्यो । पल्टाएँ उही शब्दकोशका पाना । अन्य अर्थका अतिरिक्त सुन्दरीको अर्थ नाममा पोथी बाँदर अर्थात् बाँदर्नी भनेर अथ्र्याइएको रहेछ । शब्दकोश हेर्दाहेर्दै मलाई हाँसो उठ्यो र सम्भेmँ सबैको आकर्षणको विषय बनिरहेको उही ‘सुन्दरी’ प्रतियोगिता ।

हाँसो उठ्नुमा एउटा पुरानो सम्झना थियो । एक पटक कुनै बेला विश्व सुन्दरी प्रतियोगिता हेर्दाहेर्दै मैले भनेको थिएँ- यस्ती बाँदर्नी जस्ती पनि सुन्दरी प्रतियोगितामा छानिएर भाग लिन आएकी ! मलाई उदेक लाग्यो त्यतिखेर । उदेक लाग्दालाग्दै पनि ‘उल्टो क्रमबाट मूल्याङ्कन गर्ने हो भने त यसको पनि मौका आउन सक्छ पहिलो हुन’ भन्दै अनायासै छुच्चो मुख प्याच्च खुलिहाल्यो । मेरो उदेक त्यतिखेरसम्म उदेकका रूपमा कायम रह्यो जतिखेरसम्म सुन्दरी प्रतियोगिताको नतिजा बाहिर आएको थिएन । प्रतियोगिताको नतिजा बाहिर आउनेबित्तिकै मेरो उदेक भताभुङ्ग भयो । मेरो मूल्याङ्कन सय डिग्रीबाट स्वाट्टै शून्य डिग्रीमा झरेर जम्यो । किनकि, मैले बाँदर्नीको उपमा दिएर पछिल्लो क्रममा राखेकी तिनै सुन्दरी प्रथम भइन् त्यस प्रतियोगितामा । चित्त बुझाएँ । आखिर प्रतियोगिता सुन्दरीहरूकै बिचमा थियो भने यो के अनौठो भयो र ? शब्दकोश सम्झेर चित्त बुझाउनुको विकल्प रहेन मसँग । मूल्याङ्कनकर्ता समूहको निणर्य साह्रै चित्त बुझ्यो मलाई । नेपाली शब्दकोशसँग ठ्याक्कै मेल खाने । नेपाली भूगोलका पाखा, पखेरा र भिर कान्ला सबैतिर खाइखेली कुद्ने ‘सुन्दरी’ ।

मलाई लाग्यो- आहा ! क्या मज्जा ।
00

बाँदर्नीको पुलिङ्गी बाँदर हुन्छ भने सुन्दरीको पुलिङ्गी सुन्दर किन नहुने ? व्याकरणिक हिसाबले यो पक्कै हुन्छ । यसो हो भने शब्दकोशलाई सिरानी हालेर यो भत्र सकिन्छ- सुन्दरीको अर्थ बाँदर्नी हो भने सुन्दरको अर्थ बाँदर किन नहुने ? हुन्छ । व्यावहारिक र प्रायोगिक हिसाबले यो पक्कै हुन्छ । अनि म जतिखेर सुन्दर-सुन्दरी प्रतियोगिता हेरिरहेको हुन्छु त्यतिखेर म शब्दकोशका बाँदर बाँदर्नीलाई सम्झिरहेको हुन्छु र एक्लै मुस्कुराइरहन्छु । सायद शब्दार्थ बुझ्ने अरूहरूले पनि त्यतिखेर यसैगरी बाँदर बाँदर्नी प्रतियोगिता हेरिरहेका हुनेछन् । अनौठो के नै भयो र यसमा ? बाँदर बाँदर्नीले गर्न नसकेको प्रतियोगिता सुन्दर सुन्दरीको नाममा मान्छे आपैmँले गरिरहेछन् । आखिर परापूर्वकालमा अहिलेका मान्छे पनि त रूप रङ्ग र व्यवहारमा सुन्दर सुन्दरी नै थिए भनिन्छ नि । होइन र ?

सुन्दर सुन्दरी प्रतियोगिता पनि कोही उमेर भेद अनुसार छन्, कोही जातिभेद अनुसार छन् । कोही पेसाभेद अनुसार छन्, कोही भूगोलभेद अनुसार छन् । कोही खान्कीभेद अनुसार छन्, कोही बान्कीभेद अनुसार छन् । कोही वस्त्रभेद अनुसार छन् कोही अस्त्रभेद अनुसार छन् । लिङ्गभेद अनुसार त अझ हुने नै भइगयो । पुलिङ्गी, स्त्रीलिङ्गी, बहुलिङ्गी, समलिङ्गी, स्वलिङ्गी, परलिङ्गी कति हो कति ! यी सब देख्दा लाग्छ संसारभर पैmलिएको यो सुन्दर सुन्दरी प्रतियोगितामार्पmत मान्छेले आफ्नो पुर्खाको सम्झना र सम्मान गरेको छ । हुनेसम्मको श्रद्धा दर्शाएको छ । सकेसम्मको गुन लगाएको छ ।

मान्छे आपैmँले सुन्दर सुन्दरी प्रतियोगिता नचलाइदिएको भए बाँदर बाँदर्नी आपैmँले यस्तो प्रतियोगिता कहाँ गर्न सक्थे र ? बाँदर बाँदर्नीमै सीमित भएर सिद्धिन्थे तिनीहरू । त्योभन्दा उत्रति प्रगति तिनका पुर्खाले देख्न सुत्र पाउँदैनथ्यो । धत्र मान्छेको जात परोपकारी भएकै कारण लुप्त भइसकेको आफ्नो रूपलाई पुनः उजागर गर्दैछन् सुन्दर सुन्दरी प्रतियोगिताका माध्यमबाट । अहिलेका सबै बाँदर बाँदर्नीले आफ्नो उत्रयनका लागि स्वार्थरहित गुनिला यी मान्छेबाट विश्वभर स्वतःस्पूmर्त रूपमा भइरहेका यस्ता सत्कार्यको स्वागत गर्नैपर्छ । नगरे ती कृतघ्न ठहरिनेछन् । यसमा अवश्य पनि कसैको भिन्न मत छैन ।

फलानी टोल सुन्दरी, फलानी गृहिणी सुन्दरी । फलानी निजामती सुन्दरी, फलानी गैर निजामती सुन्दरी । कति हो कति सुन्दरीका रूपहरू । भेदहरू । कोही स्कूल सुन्दरी, कोही कलेजसुन्दरी । कोही सडक सुन्दरी, कोही गल्ली सुन्दरी । कोही होटल सुन्दरी, कोही मोटल सुन्दरी । कोही भान्सा सुन्दरी, कोही आँगन सुन्दरी । कोही महल सुन्दरी, कोही झुपडी सुन्दरी । कोही भूकम्पपीडित सुन्दरी, कोही बाढीपीडित सुन्दरी । कोही स्वास्थ्य सुन्दरी, कोही श्रमिक सुन्दरी । प्रतियोगिताबाट छानिने सबै सुन्दरी । कोही राम्रामध्येका सुन्दरी, कोही नराम्रामध्येका सुन्दरी । कोही वृद्धा सुन्दरी, कोही बालिका सुन्दरी । कोही नेता सुन्दरी, कोही कार्यकर्ता सुन्दरी । कोही स्वर सुन्दरी, कोही निर्वाचन सुन्दरी । कोही मतदाता सुन्दरी, कोही नगददाता सुन्दरी । कोही मनदाता सुन्दरी कोही तनदाता सुन्दरी । सुन्दरीहरूको यस भीडमा खोज्दै जाने हो भने अब नाकाबन्दी सुन्दरी र तालाबन्दी सुन्दरी पनि भेटिने छन् । पेट्रोल सुन्दरी र मट्टितेल सुन्दरी पनि भेटिनेछन् । यति भेटिइसकेपछि ग्यास सुन्दरी र दाउरा सुन्दरी पनि हाम्रा बस्तीमा सहजै भेटिनेछन् ।

तपाईँ भत्रुहोला कति सुन्दरी ! कति सुन्दरी !! जताततै सुन्दरी नै सुन्दरी । मान्छेले सुन्दरीको खोजी गर्न भुलेर मात्र हो, होइन भने सुन्दरीको अनिकाल न हिजो थियो न आज छ । न भोलि वा पर्सि नै पनि सुन्दरीको अनिकाल हुन सक्छ । सुन्दरीले नढाकेको क्षेत्र कहीँ छैन । कोही महादेश सुन्दरी, कोही विश्व सुन्दरी । कोही मुलुक सुन्दरी, कोही गाउँ सुन्दरी । कोही खेल सुन्दरी, कोही झेल सुन्दरी । कोही पौडी सुन्दरी कोही कुस्ती सुन्दरी । सुन्दरी नपुगेको/नभएको भूगोल, क्षेत्र र स्थान कहीँ छैन । कोही हावा सुन्दरी, कोही पानी सुन्दरी । जताततै अथाह सुन्दरी नै सुन्दरी । जताततै सुन्दरीको प्रतियोगितै प्रतियोगिता ।

यो सुन्दरी प्रतियोगिता अब मान्छेमा मात्र सीमित गरिनु हुत्र । आखिर प्रतियोगिता पशुहरूका बिचमा पनि हुन्छ । कृषि उपजहरूका बिचमा पनि हुन्छ । सहर, गाउँ, टोलहरूका बिचमा पनि हुन्छ । यी सबैलाई अब सुन्दरी प्रतियोगिताको नाउँ दिन र प्रचारप्रसार गर्नसके सबैको कल्याण हुने कुरामा शङ्का गरिरहनु पर्दैन । यस्तो प्रतियोगिता गर्नसके साग सुन्दरी, मुला सुन्दरी, आलु सुन्दरी, गाजर सुन्दरी, काउली सुन्दरी आदि इत्यादि सुन्दरी प्रतियोगिताहरू हाम्रा बस्तीमा सम्भव हुनेछन् । थपिदै जानेछन् । यस्ता सुन्दरी प्रतियोगिता अब ढिलो नगरी सर्वत्र चलाउनु पर्छ भत्रे मान्यता पिँडालुले पनि पालेको छ । अन्यथा नमात्रु होला, विचार आआफ्नू हो ।

पिँडालुमा एक्कासि यस्तो धारणाको विकास कसरी भयो भत्रे अनौठो जिज्ञासा तपाईंमा उत्पत्र हुनसक्छ । त्यो कुनै नौलो कुरो भएन र लुकाउनु पनि परेन । पिँडालुलाई लागेको छ- ‘कतै यस्तो सुन्दरी प्रतियोगिता हुँदै जाँदा हुनसक्ने पिँडालु सुन्दरी प्रतियोगितामा ‘पिँडालु सुन्दरी’ को पगरी पिँडालुकै पुर्पुरोमा ठोक्किन आउन के बेर ?’ धारणा विकासको गुदी कुरो त्यत्ति हो, अरू केही होइन । त्यसैले त्यति कुराको छिनोफानो नहोउन्जेल पिँडालुको ध्यान दिनरात एउटै नारामा केन्द्रित पुगेको छ । त्यो हो- ‘सुन्दरी प्रतियोगिता जिन्दाबाद ।’

(माटोको ममता, वर्ष १, अङ्क १, २०७३ आश्विन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित
कालो

कालो

पिँडालु पण्डित
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित
सम्माननीय थुतुनो

सम्माननीय थुतुनो

पिँडालु पण्डित
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन