साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो

कालो नोट भोट किनेर चुनाव पार्छौ कालो बजार पस्छौ चन्दा भन्छौ बजार पार्छौ कालो ।। पानी थुन्छौ धारा छोड्छौ सबतिर पानी कालो थाहै नपाई विजुली खायौ चोटा कोठा कालो ।।

Nepal Telecom ad

पिँडालु पण्डित :

 

कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ
कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।।
कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ
कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

भात खाँदामा कालो मास घिउ हालेको दाल
कालो मोटर चट्ट चढेर बुन्छौ पासो जाल ।।
टोपी कालो चप्पल कालो मनमा पाल्छौ कालो
कालै चिया थरीथरीका पेट छ तिम्रो कालो ।।२।।

कालो नोट भोट किनेर चुनाव पार्छौ कालो
बजार पस्छौ चन्दा भन्छौ बजार पार्छौ कालो ।।
पानी थुन्छौ धारा छोड्छौ सबतिर पानी कालो
थाहै नपाई विजुली खायौ चोटा कोठा कालो ।।३।।

विचार लाद्छौ मान्नै पर्ने स्वतन्त्रता भो कालो
राजनीति झन् आफ्नै निम्ति बेनाता सब कालो ।।
कैले खुल्ला कैले बन्द व्यवहार तिम्रो कालो
कुरा फेर्छौ छिनछिनमा सत्य भो अब कालो ।।४।।

संस्कृतिमाथि धावा बोल्छौ आफ्नोपन भो कालो
राष्ट्रियता ख्वै ! केमा अड्क्यो गिद्धदृष्टि भो कालो ।।
सबतिर फैल्यो कालैकालो बाँकी छ अब के कालो
यस्ता कालोप्रेमी तिमीमा अब यो झन्डा कालो ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x