सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कालो

कालो नोट भोट किनेर चुनाव पार्छौ कालो बजार पस्छौ चन्दा भन्छौ बजार पार्छौ कालो ।। पानी थुन्छौ धारा छोड्छौ सबतिर पानी कालो थाहै नपाई विजुली खायौ चोटा कोठा कालो ।।

Nepal Telecom ad

पिँडालु पण्डित :

 

कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ
कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।।
कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ
कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

भात खाँदामा कालो मास घिउ हालेको दाल
कालो मोटर चट्ट चढेर बुन्छौ पासो जाल ।।
टोपी कालो चप्पल कालो मनमा पाल्छौ कालो
कालै चिया थरीथरीका पेट छ तिम्रो कालो ।।२।।

कालो नोट भोट किनेर चुनाव पार्छौ कालो
बजार पस्छौ चन्दा भन्छौ बजार पार्छौ कालो ।।
पानी थुन्छौ धारा छोड्छौ सबतिर पानी कालो
थाहै नपाई विजुली खायौ चोटा कोठा कालो ।।३।।

विचार लाद्छौ मान्नै पर्ने स्वतन्त्रता भो कालो
राजनीति झन् आफ्नै निम्ति बेनाता सब कालो ।।
कैले खुल्ला कैले बन्द व्यवहार तिम्रो कालो
कुरा फेर्छौ छिनछिनमा सत्य भो अब कालो ।।४।।

संस्कृतिमाथि धावा बोल्छौ आफ्नोपन भो कालो
राष्ट्रियता ख्वै ! केमा अड्क्यो गिद्धदृष्टि भो कालो ।।
सबतिर फैल्यो कालैकालो बाँकी छ अब के कालो
यस्ता कालोप्रेमी तिमीमा अब यो झन्डा कालो ।।५।।

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित
सम्माननीय थुतुनो

सम्माननीय थुतुनो

पिँडालु पण्डित
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली