साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश, हड्डी र कुकुरहरू

यस कुरूप समयमा देखिन्छ यो देश भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा हड्डीको एउटा टुक्रो जस्तै !

Nepal Telecom ad

आतङ्कको एउटा डल्लो घाम
शिरहरूमाथि चर्को चर्किन्छ
गल्लीतिर हिंस्रक आकृतिहरू देखापर्छन्
कानहरूमा कर्कश भुकाइ ठोक्किइरहन्छ
ओइलाउँछ नयाँ बिहानको स्वागतमा
फुलेका कलिला कोपिलाहरू ।

दिलदिमागमा त्रासका किटाणु उड्छन्
र, फैलिन्छन्
रूखहरूमा चराचुरुङ्गीको चिरबिर बिथोलिन्छ
खेलिरहेका बच्चाहरू तर्सिन्छन्
तीखा तीखा दाँतहरू देखाउँदै
एकआपसमा लुछाचुँडी गरिरहन्छन्
चम्काउँदै रौद्र आँखाहरू
चपाइरहन्छन् परेवाका पखेटाहरू ।

यस कुरूप समयमा
देखिन्छ यो देश
भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा
हड्डीको एउटा टुक्रो जस्तै !

०००
‘जब एउटा मान्छे हराउँछ’ २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
सब ठीकठाक छ

सब ठीकठाक छ

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x