साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘व्यथित काव्य सम्मान’को घोषणा

कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ ((२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) ‘व्यथित काव्य सम्मान’बाट समानित हुने संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Nepal Telecom ad

साहित्यिक पत्रकार संघले सस्थाको स्वर्ण महोत्सवको अवसर पारेर सात कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने भएको छ ।

कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ ((२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) ‘व्यथित काव्य सम्मान’बाट समानित हुने संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी संघले ‘व्यथित काव्य डायसपोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित गर्ने जनाइएको छ ।

सो निणर्य वरिष्ठ कवि कृष्ण जोशीको संयोजनमा वरिष्ठ साहित्यकारहरू प्रमोद प्रधान र डा. दामोदर पुडासैनी सदस्य रहेको सिफारिस समितिको सिफारिसमा सस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।

‘व्यथित काव्य सम्मान’बाट सम्मानित कवि उदय निरौलाका कोलाहल पिएर, जराहरू किमार्थ मर्दैनन, शीतको लहर, उदय निरौलाका प्रतिनिधि कविताहरू, अस्ताउदो घाम टेकेर कविताकृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि श्रवण मुकारुङका देश खोज्दै जादा, जीवनको लहर, बिसे नगर्चीको बयान, हिउँको दरबार, सुन रे सियाराम कविताकृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि रमेश श्रेष्ठका चराहरूको पहाड, आमा नदीहरू, बुद्ध बिम्ब अक्षर बिम्ब, घास उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविताको उज्यालो, अग्निनृत्य, चोक र तमसुक, नपोतिएका रंगहरू जस्ता कविता कृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि कृसु क्षेत्री बोधिसत्वको मृत्युउत्सव, चराको गीत, आगोको मूर्च्छना, रगतको दरबार, नीलोआसु, अर्धमुदित आँखाहरू, माफ गर जस्ता कविता, गजल र गीतका कृतिहरू प्रकाशित रहेका छन् ।

यस्तै कवि मोमिला जोशीका पैयुँ फुल्न थालेपछि, नीलो-नीलो आकाश र दुई थोपा आसु, जूनकीरीहरू ओर्लिरहेछन, दुर्गम उचाइमा फूलको आधी, भीमसेन थापाको सुसाइड नोट, जस्ता कविताकृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि गीता कार्कीका मलाई अध्यारो नै चाहिन्छ, सालका ठुटा र एक टुक्रा घाम र आमा किरणहरूको छालमा जस्ता कविताकृतिहरू प्रकाशित रहेका छन् ।

यसैगरी ‘व्यथित काव्य डायसपोरा सम्मान’बाट सम्मानित कविहरू हेमन्त श्रेष्ठका देश भूआहरूको रोटी होइन, गीत म कसरी गाउँ कवि गोवर्धन पूजाका पीडा अवतार, वाचल ओठहरू, प्रेम अवतार, अनामनगरकी अम्बिका, धर्तीको धूलो, बिक्रीमा यो जिन्दगी कवि भीमसेन सापकोटाको प्रश्नमा ईश्वर कवि प्रकाश पौडेल माइलाका पर्दाफास, हजार हाइकु, राति साकुरा (हाइकुकृतिहरू) कवि जगत नवोदितका जीवन अनुभूति, काचो मुद्दा, अक्षय आकृति (मुक्तक) र कवि शकुन ज्ञवालीका आयुष, पालुवा, मन्जरी, तिमी र म, भन्दिनु है बा जस्ता कविताकृतिहरू प्रकाशित रहेका छन् ।

वि.सं. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतमा प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गरिदै आइएको छ । यस पुरस्कारबाट यसअगि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूणर् विराम, विजय बजिमय, मन्जु काचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसुदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धिरेन्द्र प्रेमर्षी, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी र शेखर ढुंगेल सम्मानित भइसक्नु भएको छ ।

०००

तस्विर : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x