साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ क्रान्ति

Nepal Telecom ad

म वल्लो फुटपाथबाट आफ्नो सुरमा अगाडि बढ्दै थिएँ
उनी पल्लो फुटपाथबाट आफ्नो सुरमा अगाडि बढ्दै थिइन्
हामी दुवै बेग्ला बेग्लै फुटपाथबाट एउटै दिशातर्फ अगाडि बड्दै थियौं ।

अचानक उनका आँखा र मेरा आँखा जुधे
सम्मोहित झैँ उनका पाइला मतर्फ सोझिए
सम्मोहित झैँ मेरा पाइला उनीतर्फ सोझिए ।

उनको फुटपाथबाट उनी सडकमा ओर्लिइन्
मेरो फुटपाथबाट म सडकमा ओर्लिएँ ।

फुटपाथ छोडेर उनी सडकमा फटाफट म भएतर्फ आइन्
फुटपाथ छोडेर म सडकमा फटाफट उनी भएतर्फ गएँ ।

मैले उता फर्किएर सडक पार गरुन्जेल
उनले यता फर्किएर सडक पार गरुन्जेल
सडकमा गुडी रहेका केही बाहनहरू रोकिए
हामी दुबैले हामी बिचको सडक यात्रा पुरा गर्यौं ।

मेरो अगिसम्मको वल्लो फुटपाथ मेरा लागि पल्लो भयो
उनको अगिसम्मको पल्लो फुटपाथ उनका लागि वल्लो भयो ।

यो परिवर्तनको उपलब्धिले ल्याएको गर्वले होला
म आफ्नो नयाँ वल्लो फुटपाथमा झन् लम्किएर आफ्नो सुरमा अगाडि बढ्न थालें
उनी आफ्नो नयाँ पल्लो फुटपाथमा झन् लम्किएर आफ्नो सुरमा अगाडि बढ्न थालिन् ।

खोइ के भयो, के भयो,
मलाई त फेरि सडक पार गर्ने रहर भयो
ऊ, फेरि उनीले म तरफ हेरिन्,
सायद उनीलाई पनि त्यही भयो ।

हामी फेरि आ–आफ्नो फुटपाथ छोडेर सडकमा झर्छौं होला
हामी दुइर्ले फेरि सायद फुटपाथ साटासाट गर्छौं होला
परिवर्तन भनेको यस्तै हो साथी, अब हामी फेरि नया क्रान्ति गर्छौं होला
केहीबेर सबै चलायमानका गति रोक्छौँ होला
अब हामी फेरि नयाँ क्रान्ति गर्छौं होला ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x