साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुग्रेका छन् साँढे !

Nepal Telecom ad

गाई बाच्छा, फसलहरूमा, क्रुर स्वच्छन्द बन्दै ।
लुट्ने हान्ने, खति अति गरी, डुग्रिए मै हुँ भन्दै ।।
मातेका छन्, छलबल गरी, सत्य टेकेर गाडे ।
डुग्रेका छन्, खलबल भरी, माघका क्रुर साँढे ।। १।।

काट्दै जोड्दै, सिङ—पुछरमा, धस्छ पालीस नाना ।
जूरो आफ्नो, ढलपल गरी, घिच्छ खोसेर दाना ।।
हुम्हुम् फ्वाँफ्वाँ, अतिसय कडा, धाक धम्की छ पाँडे ।
डुग्रेका छन्, मद मत भरी, माघमा झूर साँढे ।। २।।

गाई बाच्छा, फसल अहिले, मिच्छ घिच्दैछ शण्ड ।
आँफै डुग्री, पुज म हुँ भन्यो, लोकको वक्रतुण्ड ।।
नीति रीति, विधिनियमका, बार ढाल्दैछ साँढे ।
डुग्रेका छन्, खलबल लिदै, माघका क्रुर साँढे ।। ३।।

गौमाताको, सत लुटिदियो, गोरु बाच्छा लखेटी ।
बाह्रैमासे, फसल ढुटियो, अन्नबाली निमोठी ।।
हाहाकारै अतिसय गरे, मात्तिदै दुस्ट साँढे ।
पापी लोभी, चरम लुटुवा, माघका रुस्ट साँढे ।। ४।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x