साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधानमा समाजवाद

Nepal Telecom ad

संविधानमा समाजवाद भन्नाले समाजमा रहेको आर्थिक विषमता हटाइ समता ल्याउनु पर्छ भन्ने बुझिन्छ । देशको सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिन सबैले मिलेर पारिश्रम गर्दै उत्पादन र उपभोक्त्ताका साधनमा समाजको साझा अधिकार हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त समाजवाद हो भन्दा फरक नपर्ला । समाजवाद लागु गर्ने व्यक्ति समाजवादी हुन्छ । ‘जो होचो उसको मुखाँ घोचो’ भन्छन् । हाम्रा अगुवाले समाजलाई रुचाउने समाजवादको अनुयायी बन्ने र समाजवादलाई आत्मसात गर्ने कुरोको चुरो समात्न, संविधानको घेरोमा फेरो समाबेशीमा डेरो जमाउने ठूलो निर्णय भयो । त्यो महान निर्णयले राज्य, राष्ट्र, अथवा कुनै उच्च संस्था आदिको सङ्गठन सञ्चालन स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान अथवा भनौ भने देशको भकारीको धान, कानुनको मान सम्मान गरियो । यसमा संविधानलाई समाजवाद बनाउने र त्यहाँ जनवाद अटाउने भनौभने नेपालभित्र अमेरिका, स्विजरल्याड, चिन, जापान, भारत, रुस, चेकोस्लाभिया र नेपालको सबै जातजातिले भात खाने थाल बनाउने र बसी बसी खाने दुखै गर्नु नपर्ने संविधान बनाउने दौडमा नेपालले लामो दौड कायम गर्दा पनि पटक्कै नथाकेको हो ।

अब कुरो आयो संविधानको समय माघ आठ पनि चाँडो आयो । चाँडै गयो । वास्तवमै नेताहरूलाई समय कम छ । किनभने नेपालमा धेरै देश अटाउने, धेरै भाषा अटाउने सबै खुशी हुने कोही कतै दुखी नहुने संविधान र समाजवाद ल्याउनु छ । अब संविधानको कुरो त पछि गरौँला यो जाडोमा आगो ताप्न बाटो तताएर यो जाडो चाँडो छिचोल्ने काम गर्नुछ । संविधानको कुरो चुलो बनाई रोटी तरकारी, दालभात, गुन्द्रुक ढिँडो मिठोसँग खाउँला । जसरी पनि ’जनताद्वारा जनताका लागि जनताले गर्ने शासन प्रणाली’ त हो नि, नेताहरूले ल्याइ दिएका छन, पकाउने, खाने र बनाउने त घरकाले पो ! देश स्वतन्त्र भयो त्यो मुख्य कुरो हो । देशमा लोकतन्त्र आउनु भनेको देश जीवन्त हुनु हो । देशमा तानाशाह हुनु भनेको, अवशरवादी नेता हुनु भनेको देशलाई लास बनाउनु हो । किनकि मान्छे मरेपछि जुम्राले पनि छोडेर जान्छ । त्यस्तै देशलाई नेता सबैले सब बनाउने अथवा भनौ भने लाश वनाउने धृष्टता गरियो भने सबै युवाले चरान गर्न परान धान्न बिदेश लाग्नु पर्ने हुन्छ । तर देश स्वाधिन, सुशासन, सुव्यवस्था भयो भने देश शिव हुन्छ । सबै देशभक्तको आस हो देश स्वाधिन बनोस शिव बनोस्, बुद्ध बनोÞस्, सबै सबै देवता बनाउने चाहना हो ।

आज त्यही चाहनाले गतिलो संविधान ल्याउन र त्यहाँ भित्र संसारको संविधान अटाउन संसारका समाज अटाउन स्वाधिन देश बनाउन शिव जस्तो महान देवतालाई संविधानमा राख्ने कोशिस बन्दैछ त्यो कुरो महान हो । संविधान र समाजवादमा संसार अटाउदा शिव नटाउने पनि कुरै भएन । तर शिवलाई यदि हामीले विषभाङ धतुरो खाने झगड्या, गँजड्यालाई पुज्दै जाँदा भाङ र धतुरोलाई प्रसाद मान्न थाल्यौँ भने उनका नजिक साँढे बनेर मडारिँदै तिखा सिङले हान्दै हिँडने साँढेलाई मान्ने अनि भएन भनेर विष ओकल्ने साँपलाई जम्मा गरेर थुपार्यौँ र पूजा गर्यौँ भने के समाजवादी संविधान बन्ला ? के नानाभाँतीले चिच्याउने भीष माग्न प्रयोग गर्ने डमरू बजाएर मानवलाइ साँडे र विषदहन गर्ने साँपको डसाइले लास बनाएर तिनका खप्पराँ पोप्रोगण्डा रूपी डमरू बजाउदै गरिव देशलाई झन गरीब बनाउदै माग्दै हिँडन थाले भने हामी निरिह प्राणिले के गर्न सक्छौ र ?

तिनै शिव रुपी देवताका नन्दी–भ्रिङ्गी गणले दक्षप्रजापतिको यज्ञ विध्वंश गरिदिए झै पृथ्वी लोकमा पनि गरे भने कसरी देशमा शान्ति आउला ? कसरी विकासको मूल फुटला ? यदि विध्वंशलाई क्रान्ति भन्ने हो भने परिवर्तनलाइ के भन्ने होला ? अब कुरो आयो समाजवादको । हाम्रो देशमा पूँजीवाद भन्दा पहिला समाजवाद ल्याउन ठुलो दौड हुँदैछ । किसान, मजदुर गरिव र निरिह कामदारलाई काम्माँ र कर्तव्यबोधाँ जागरण र उजागरण नगराइकन समाजवादका संवाहकले समाजवादका जागरणवोध, सभा सोसाइटी, कन्फ्रेसन देश, विदेश र पाँचतारे होटेलमा गराइ रहेका छन् । समाजवाद ल्याउन समाजले नै सामुहिक पुँजीलाई, लगानलाई, उधोग र धन्दा लाई बन्द गराएर समाजवाद ल्याउने होकी बाह्रैमास चलाएर, उधोगधन्दा अन्धाधुन्धा, खेती किसान मसानघाट पुर्याउने, बन्द व्यापार, सबैलाई बढाएर समाजवाद आउने हो कि बन्द गरेर अन्धाधुन्ध समाजवाद बुलन्द बोलाउने हो ? समाजवादको संवाहकले समाजवाद हाँक्ने हो ? जनवादको संवाहकले कस्तो संविधान ल्याउने हो ? त्यो कुरो चाहिँ पहिला जनतालाई, मजदुरलाई, शिवका वाहन तिखा तिखा सिङ भएका असनमा ढलपल गर्दै बेच्न राखेको तरकारी खाँदै हिंडने साँडे, फ्वाँ फ्वाँ गर्दै फँडा तेसार्ने काली नाग, कोब्रा साँप र करेट गोबन, धामिन साँप, अजिङ्गर जो बसी बसी खसी खान्छ पचाउँछ पनि त्यसैले पचाओवादी संविधान ।

समाजवाद र जनवाद कहिले मान्छ ! कहिले खान्छ ! कहिले सासले तान्छ ! खर्लप्पै भित्र लान्छ ! सबैलाई जनतासँग राखेर जनता हुन सिकाउने समावेसी संविधान समाजवाद र जनवाद बुझाउनु पर्यो र मिलाउनु पर्यो र समावेसी बनाउनु पर्यो । नत्रभने नेपालीले पजेरो चढ्ने समाजवादका सम्वाहक भएपछि पजेरोवादी समाजवाद, जनवादी संविधान, शिव र उनका नन्दी भ्रिङ्गी, साँप र साँडेवादी समाजवादी, जनवादी संविधान एयर कन्डिसन महलवादी समाजवादी जनवादी संसारिक संविधान, कमिसन र कालो बजारवादी राजा महाराजावादी नयाँ नयाँ एयर कंडिसनमा शैर गर्ने संविधान समाजवादी संविधान र देश, विदेश र संसाराँ हुने कन्फ्रेन्स समाजवादी संविधान ! र देश बिदेशको कन्फ्रेन्समा सप्लाई गर्ने मानव सप्लाई अन्तर्राष्ट्रिय समन्वयवादी संविधान । किन भने जुन मनिसलाई गÞरिबी थाहै छैन । जसले गरिबी नजिकबाट देखेको छैन । जसले गरिव र गरिबीको दुखलाई आत्मसात गर्नै जान्दैन । जसको घरको कुकुर र बिरालो बिरामी भयो भने राजाकीय स्तर र सम्मानमा औषधी उपचार गरिन्छ त्यस्तो समाजवादी, जनवादी र समावेशीवादी संविधान बनाउने दौडमा गौड़ सोच्नु अस्वभाविक हो ।

नेपालको तीन करोड जनता जुन अधिक अनपढ छन्, अशिक्षित छन् । अनकन्टार बिकट ठाउँमा बस्छन । जुम्ला, हुम्ला, कालिकोट, कर्णाली मुगु, मुसीकोट जस्तो ठाउँमा जन्मेर दुख, गरिबी बाहेक जीवननै जान्दैनन् कतै सोच्ने फुर्सतै छैन । त्यस्ता जनताको वर्गभेद गर्ने तिनै जनतासँग टाढा बस्ने गरीब जनताको नजिक जान नचाहने, छिछी र दुरदुर गर्ने महान ब्यक्त्तिहरूले के समावेशी संविधान बनाउलान् र ? के समाजवादी जनवादी समावेशी लोकतान्त्रिक संविधानको कुरा गर्ने हो ? यो महान क्रान्ति पश्चात तीन करोड जनतालाई समावेशी गर्ने कोरा कागजलाई संविधान समाजवाद जनवाद र समाबेशीका पत्र बोकेर दौडेका छन् । र तीन करोड कन्फ्रेन्स भत्ता सत्ता र लेक्चरमा अरबौ खर्च गर्ने सुअवसर देशले पाएको छ । टिभी र एफएमले काम पाएकै छन् । पत्रपत्रिका पुलिस र प्रशासनले काम पाएकै छन् । जनताले त्यो कन्फ्रेन्स र लेक्चर हेरेर र सुनेर अघाएकै छन् । यसैलाई भन्छ समाबेशी समाजवादी संविधान हैन र हजुर ?
हाल– अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x