साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो बानी को छोड्छ ?

Nepal Telecom ad

१. जत्रो ठाउँ डुलुन् खाउन् आफ्नो वानी उही !
संसारमा यस्तै रे’छ ! आफ्नो बानी को छोड्छ ?

२. संसारको कुना कुना आफ्नै अनुहार !
पिरतीको भाका उस्तै ! आफ्नो बानी को छोड्छ ?

३. पन्चायत गयो तानि ! पन्चे पारा उस्तै !
नाता कृपा पक्ष उस्तै ! आफ्नो बानी को छोड्छ ?

४. लोकतन्त्र ताने तानि ! घिस्रिएर आयो !
खुट्टा टेकाउनै गाह्रो ! आफ्नो बानी को छोड्छ ?

५. हल्लखल्ल प्यारो लाग्ने नानीदेखि बानी !
कुधेका छन् ! कुधेका छन् ! आफ्नो बानी को छोड्छ ?

६. केमा खर्च ? कस्तो खर्च ? चिन्तना नै नास्ति !
अर्थशास्त्र हाँसेको छ ! आफ्नो बानी को छोड्छ ?

७. फेरिंदैन किन मान्छे ? फेरिनु हो कस्तो ?
नयाँ जुग केले चिन्ने ? आफ्नो बानी को छोड्छ ?

८. शास्त्रवाद सधैं हाउ ! विज्ञान छ सुस्त !
कहाँ पुग्छ यो यात्री हँ ? आफ्नो बानी को छोड्छ ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x