साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाको इभिनिङ वाक

Nepal Telecom ad

मात्तिएको युवा पात्तिएको बुढो र आत्तिएकी बुढीदेखि
भगवान डराउँछ, काल रमाउँछ
यहाँ एउटा पात्तिएको बुढोको प्रसङ्ग आउँछ ।

बुढाले मर्निङ वाक छोडेर इभिनिङ वाक गर्न थाले
जङ्गल छोडेर बजार घुम्न थाले
मैले भने बुढा बा !
हिँड्नु त खाली चउर या जङ्गल वरिपरि राम्रो हुन्छ
बजारको हावा त प्रदुषित हुन्छ ।

बुढाले भने–
तिमीले भनेको सही हो बाबु, तर–
हरेक लुगा पसल अगाडि सजिएका
ती प्लास्टिकका सुन्दरीहरू त बजारमा नै हुन्छ ।

नजिक टाडा सोझो छड्के जसरी हेरे पनि कसैले वास्ता गर्दैन
जतिबेरसम्म ट्वालट्वालती हेरे पनि फरक पर्दैन
कसैले किन हेरेको पनि सोध्दैन
हेरेर आफू मस्किए पनि फरक पर्दैन
मुस्कुराए पनि इज्जत झर्दैन
आफूले आँखा झिम्क्याए पनि कसैले आँखा तर्दैन
पसलेले पसल भित्रै हुन्छ बाहिर देख्दैन

बुढाले अझै थपे–
पसलेले देखिहाले लुगाको भाउ सोध्ने हो
उसले भाउ बताउँछ, आफू हिँड्ने हो
अनि फेरि अगाडि बड्दै अर्को पसल अगाडि उभिएर हेर्न पाइन्छ
समय सजिलै बित्छ, आँखाको तिर्सना मेट्न पाइन्छ
त्यसैले क्या बाब मर्निङ वाकमा चउर जङ्गल गइन्न
इभिनिङ वाकमा बजार आइन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x