साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखूँ कविता कस्तो ?

Nepal Telecom ad

खोक्रो पेट भित्रको आगोको ज्वाला जस्तो ?
अशान्ति र अभावले सून्य भएको गाउँ जस्तो ?
पसिनाका धारा पिउँदै भारी बोक्ने भरिया जस्तो ?
या देशघाती काम गरे पनि झण्डा ओढ्ने नेता जस्तो ?
भन्नुस् तपाईंलाई के मन पर्छ लेखूँ कविता कस्तो ?

सामुहिक बलात्कार भोग्ने के ती फुलमाया जस्तो ?
पुलमुनि सिस्नोमा फ्याँकिएको बालक जस्तो ?
वा भित्र भित्रैबाट चिच्याई चिच्याई कराइरहने चिहान जस्तो ?
भन्नुस् तपाईलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?

आकाशबाटै सिनो खोज्दै हेर्ने ती गिद्ध जस्तो ?
शान्तिका परेवा उड्दा गाँजिहाल्ने बाज जस्तो ?
निमुखा देख्दा सिंह जस्तै गर्जने ती शोषकजस्तो ?
पदमा पुग्दा निर्लज्ज हुँदै सिङ्गै देश रित्ताए जस्तो ?
आफ्नो स्वार्थ पूर्ति गर्न देशकै साँचो सुम्पे जस्तो ?
भन्नुस् तपाईलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?

आफ्नो देशले रोजगार नदिई विदेशतिर धपाए जस्तो ?
रगत पसिना बेची बेची मरूभूमिमा रमाउन परे जस्तो ?
जेटमा उडी गए पनि बन्द बाकसमा फर्के जस्तो ?
छटपटी र चित्कार बीच पनि फूलमा रमाउने कवि जस्तो ?
बा सहर जलिरहँदा पन राग अलाप्ने निरो जस्तो ?
भन्नुस् तपाईंलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?

आफ्नै घर भत्काउने असङ्ख्य ती बाँदर जस्तो ?
अर्काका भागमा आँखा गाड्ने भुस्याहा ती कुकुर जस्तो ?
कराईको दुध आफै रित्याई सुधो बन्ने ती विरालो जस्तो ?
लात खाएपछि बात मान्ने धोवीको ती पाजी जस्तो ?
या चुनाव आउँदा लाचार बन्दै भोट माग्ने नेता जस्तो ?
भन्नुस् तपाईलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?

आएका शरणार्थी अन्तै गए आफैं शरणार्थी भए जस्तो ?
अग्ला–अग्ला बाँसलाई फिस्टोले नुहाएँ भने जस्तो ?
आफ्नो हुती केही नभए पनि आकाश थाम्ने हुटिट्याउँ जस्तो ?
उत्तरदायित्व केही नभएको टाउको लुकाउने सुतुरमुर्ग जस्तो ?
भन्नुस् तपाईलाई के मन पर्छ लेखूँ कविता कस्तो ?

टुक्रा हराएको देश फेरि टुक्राउँदिन भने जस्तो ?
अपराध गरी जेल गए पनि क्विन्टलको माला लाए जस्तो ?
आफै भ्रष्ट भएर पनि मुख्तियारी पाए जस्तो ?
विदेशबाट आउनेलाई एयरपोर्ट देखिनै ठगे जस्तो ?
भन्नुस् तपार्इंलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?

बुथ क्याप्चर गरी गरी मन्त्री पद पाए जस्तो ?
बन्दुक बारूद देखाई देखाई चन्दा असुल गरे जस्तो ?
बन जङ्गल नदी बेची सत्ता चलाए जस्तो ?
वा छेपारो जस्तो रङ्ग फेरि फेरि पद पचाए जस्तो ?
भन्नुस् तपाईंलाई के मन पर्छ, लेखूँ कविता कस्तो ?
बालुवाटार, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाता

छाता

विजयध्वज थापा
बुख्याँचा

बुख्याँचा

विजयध्वज थापा
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x