साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! अटलबहादुर

Nepal Telecom ad

मेरा मित्रले चालीस किलास पढेका छन् । तपाईंलाई यो कुराले चौपट्टै अनौठो लाग्यो होला । कहीँ नभएको जात्रा, यत्रा देशमै नभएको चालीस किलास पढ्छ त्यसको मित्र भनेर । यसमा तपाईं बिलकुलै नबिच्कनुस् । तपाईंमा अध्ययनको कमी छैन भने हिसाब गर्ने हिम्मत गर्नुस् । आठौँ कक्षामा पाँचपाँच वर्ष लगाएर सफलताका साथ अध्ययन गरेका अटलबहादुरको गहन ज्ञान छ ।
अटलबहादुरको आठौँ कक्षामा पाँचौँ वर्षको अध्ययन अटल रूपमा चल्दै थियो । माया गुरुमाले चर्केका भित्तेपाटीमा ‘भ्यागुत्तो’ लेख्न लगाइन् । त्यत्रो अध्ययन गरेको अटलेलाई जाबो भ्यागुत्तो लेख्न आउने कुरै भएन । त्यो नाथे त साना नानीहरूले कनिकनी लेख्ने कुरो न हो । माया गुरुमाले अटलेका ज्ञानको अध्ययन नगरी तोरीका फूल देख्ने गरी तानिछन् कन्सिरी । अटले रिसले आगो भयो । रिसको झोंकमा माया गुरुमाको नलिखुट्टो भाँचिने गरी ढुङ्गाले बजारेर बाटो लाग्यो ।
त्यही बेला एउटा भारतीय गल्लावाला गाउँ आएको थियो । हलक्क हुर्केको लक्काजवान देखेर अटलेलाई उसैले भारतीय सेनामा भर्ती गर्यो । त्यसपछि साराले हुतीहारा भन्दै हेपेको अटले अब अटलबहादुरमा बढुवा भयो । दैव दाहिना भएपछि कसका बाउको के लाग्छ ? छुट्टीमा घर आएको लाहुरे अटलबहादुरलाई आशिर्वाद दिन माया गुरुमा नै आइपुगिछन् शुरूमा । जय होस् रिकुटेको ।
“क्यानाम ! लेकिन जेठा ! छे मैने छुट्टीमा आको छे हजार लिएर छेक्का दाउमा बसेको त क्यानाम छे चोटीमा रुपियाँ चिलिम । क्यानाम जेठा दुई सय देउना पछि रिकुट पुगी पठाम्ला, लेकिन लेटर पनि पढिदिनु तिम्रो भाउजूको ।” छुट्टीमा आएका अटलबहादुरले एकैचोटी सबै कुरो सुनाए लाहुरे शैलीमा । नखाउँ भने दिनभरीको शिकार सरी भो मलाई । नदिउँ भने लाहुरेको आग्रह आलटाल गर्न मिल्दैन । चुपचाप दुईसय रूपैयाँ थमाइदिएँ लाहुरेका हातमा ।
एकदिन एकाबिहानै बिउँझाउन आइपुगिछन् रामप्यारी भाउजू मेरा घराँ । “आक्को हो ! जेठा यो चिठ्ठी पढी दिउना । तिम्रो दाजुले पठाएछा । आस्ती गाकोथ्यो, आम्वीरो ! ढाँट्नु ता ढाँटेना छ । “लाहुरेको बचनबद्धताप्रति प्रफुल्ल हुँदै भाउजूका हातको चिठ्ठी खोलेर बाचन गर्न थालें ।
“सोस्ती श्री लेकिन श्रीमतीज्यूका चरण कमलमा सास्टाङ्ग दण्डवत् । आच्छा ! आदरणीय नानीहरू च्यान्टी, भुन्टे र पुन्टीमा सेवाढोग, भाइबैनीमा नमस्कार । क्यानाम् बाउआमा र बोजूमा शुभप्यार तथा सम्झना । लेकिन हम ह्याँ आइपुग्या धेरै भाको छ तेसैले यो लेटर लेख्या हो ।
क्यानाम रामप्यारी अस्ति तिमीले लेखिपठाको लेटर हात लाग्यो । लेकिन अलिकता दुःख लागेको छ । क्यानाम भैंसी लडेछ भीरबाट पल्ला घरको । छोरो लाहुर लागेछ खैरे कुकुरको । पुछरमा घाउ थ्यो बाउको । पैसा मागेर दबाइ गर्नू । कालीबाख्रीले कतिवटा बोका पाई । क्यानाम ! कान्छालाई पाठशाला पठाइदिनू । साला कुकुरले पढेन भने बर्बादै हुन्छ । लेकिन तुम त सच्चा आदमी छौ रामप्यारी । पल्लाघरे कान्छाउकी छोरी पनि हिंडिछे । पोइल तिमीले नहिंड्नु । टाढा बाटो दुःख हुन्छ । बरु नजिकै गए सजिलो पर्छ । जिउलाई कष्ट हुँदैन, जाँ गए पनि माया गर्छु । आरैनी हो π सालीलाई ता भुली पठाएछु भेनाले । सम्झेछ भनी पठाउनु… ।”
अझै पढौँपढौँ लाग्दालाग्दै अटलबहादुरको चार पाना चिठ्ठी पढेर चर्लक्कै सकियो । मेरा चालीस किलास पढेका चतुर मित्र अटलबहादुरको विद्वता देखी जो कोही पनि अहारिस गर्छन् ।
बर्ष दुएक पछि अटलबहादुरको आगमन भो दशैंमा । आठौं किलासाँ अन्तीम बर्ष सँगै अध्ययन गर्ने मायानाथ पनि अङ्ग्रेजीमा एम्.ए. पास गरेर आएका थिए । ती दुबैको विश्वासपात्र परें म त्यसैले दुबै आए मेरैमा ।
पहिलो भेटमा मायानाथले जम्लाहात गरे । त्यसपछि एक अर्कामा वार्तालाप सुरु भयो । “क्यानाम, मायानाथ क्या बोर भो π हाम्रो इण्डियामा त लेकिन खूब मज्जा हुन्छ । भिलेज सिलेजको त क्यानाम कामै छैन । हाम्रो इण्डियामा सिटीहरू नै क्या सानदार छ ।” इण्डियाको बखान सुनेर जिल्लिँदै मायानाथले सोधीहाले– “हैन अटलबहादुरजी दिल्लीमा त गान्धीको ठूलो सालिक छ भन्छन् नि रेडस्क्वाएरमा ?” “क्यानाम, मायानाथ त्यो लुते गान्धिको क्यावात् गर्छौ । अच्छा त ऊ भन्दा त हाम्रो हल्दार हर्कबीरको क्या सान छ । देशखाई शेस भएका रिकुटे अटलबहादुरका सामु मायानाथको अनुहार मायालाग्दो भयो । छोरा हुन् त अटलबहादुरजस्ता ।
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x