साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! अटलबहादुर

Nepal Telecom ad

मेरा मित्रले चालीस किलास पढेका छन् । तपाईंलाई यो कुराले चौपट्टै अनौठो लाग्यो होला । कहीँ नभएको जात्रा, यत्रा देशमै नभएको चालीस किलास पढ्छ त्यसको मित्र भनेर । यसमा तपाईं बिलकुलै नबिच्कनुस् । तपाईंमा अध्ययनको कमी छैन भने हिसाब गर्ने हिम्मत गर्नुस् । आठौँ कक्षामा पाँचपाँच वर्ष लगाएर सफलताका साथ अध्ययन गरेका अटलबहादुरको गहन ज्ञान छ ।
अटलबहादुरको आठौँ कक्षामा पाँचौँ वर्षको अध्ययन अटल रूपमा चल्दै थियो । माया गुरुमाले चर्केका भित्तेपाटीमा ‘भ्यागुत्तो’ लेख्न लगाइन् । त्यत्रो अध्ययन गरेको अटलेलाई जाबो भ्यागुत्तो लेख्न आउने कुरै भएन । त्यो नाथे त साना नानीहरूले कनिकनी लेख्ने कुरो न हो । माया गुरुमाले अटलेका ज्ञानको अध्ययन नगरी तोरीका फूल देख्ने गरी तानिछन् कन्सिरी । अटले रिसले आगो भयो । रिसको झोंकमा माया गुरुमाको नलिखुट्टो भाँचिने गरी ढुङ्गाले बजारेर बाटो लाग्यो ।
त्यही बेला एउटा भारतीय गल्लावाला गाउँ आएको थियो । हलक्क हुर्केको लक्काजवान देखेर अटलेलाई उसैले भारतीय सेनामा भर्ती गर्यो । त्यसपछि साराले हुतीहारा भन्दै हेपेको अटले अब अटलबहादुरमा बढुवा भयो । दैव दाहिना भएपछि कसका बाउको के लाग्छ ? छुट्टीमा घर आएको लाहुरे अटलबहादुरलाई आशिर्वाद दिन माया गुरुमा नै आइपुगिछन् शुरूमा । जय होस् रिकुटेको ।
“क्यानाम ! लेकिन जेठा ! छे मैने छुट्टीमा आको छे हजार लिएर छेक्का दाउमा बसेको त क्यानाम छे चोटीमा रुपियाँ चिलिम । क्यानाम जेठा दुई सय देउना पछि रिकुट पुगी पठाम्ला, लेकिन लेटर पनि पढिदिनु तिम्रो भाउजूको ।” छुट्टीमा आएका अटलबहादुरले एकैचोटी सबै कुरो सुनाए लाहुरे शैलीमा । नखाउँ भने दिनभरीको शिकार सरी भो मलाई । नदिउँ भने लाहुरेको आग्रह आलटाल गर्न मिल्दैन । चुपचाप दुईसय रूपैयाँ थमाइदिएँ लाहुरेका हातमा ।
एकदिन एकाबिहानै बिउँझाउन आइपुगिछन् रामप्यारी भाउजू मेरा घराँ । “आक्को हो ! जेठा यो चिठ्ठी पढी दिउना । तिम्रो दाजुले पठाएछा । आस्ती गाकोथ्यो, आम्वीरो ! ढाँट्नु ता ढाँटेना छ । “लाहुरेको बचनबद्धताप्रति प्रफुल्ल हुँदै भाउजूका हातको चिठ्ठी खोलेर बाचन गर्न थालें ।
“सोस्ती श्री लेकिन श्रीमतीज्यूका चरण कमलमा सास्टाङ्ग दण्डवत् । आच्छा ! आदरणीय नानीहरू च्यान्टी, भुन्टे र पुन्टीमा सेवाढोग, भाइबैनीमा नमस्कार । क्यानाम् बाउआमा र बोजूमा शुभप्यार तथा सम्झना । लेकिन हम ह्याँ आइपुग्या धेरै भाको छ तेसैले यो लेटर लेख्या हो ।
क्यानाम रामप्यारी अस्ति तिमीले लेखिपठाको लेटर हात लाग्यो । लेकिन अलिकता दुःख लागेको छ । क्यानाम भैंसी लडेछ भीरबाट पल्ला घरको । छोरो लाहुर लागेछ खैरे कुकुरको । पुछरमा घाउ थ्यो बाउको । पैसा मागेर दबाइ गर्नू । कालीबाख्रीले कतिवटा बोका पाई । क्यानाम ! कान्छालाई पाठशाला पठाइदिनू । साला कुकुरले पढेन भने बर्बादै हुन्छ । लेकिन तुम त सच्चा आदमी छौ रामप्यारी । पल्लाघरे कान्छाउकी छोरी पनि हिंडिछे । पोइल तिमीले नहिंड्नु । टाढा बाटो दुःख हुन्छ । बरु नजिकै गए सजिलो पर्छ । जिउलाई कष्ट हुँदैन, जाँ गए पनि माया गर्छु । आरैनी हो π सालीलाई ता भुली पठाएछु भेनाले । सम्झेछ भनी पठाउनु… ।”
अझै पढौँपढौँ लाग्दालाग्दै अटलबहादुरको चार पाना चिठ्ठी पढेर चर्लक्कै सकियो । मेरा चालीस किलास पढेका चतुर मित्र अटलबहादुरको विद्वता देखी जो कोही पनि अहारिस गर्छन् ।
बर्ष दुएक पछि अटलबहादुरको आगमन भो दशैंमा । आठौं किलासाँ अन्तीम बर्ष सँगै अध्ययन गर्ने मायानाथ पनि अङ्ग्रेजीमा एम्.ए. पास गरेर आएका थिए । ती दुबैको विश्वासपात्र परें म त्यसैले दुबै आए मेरैमा ।
पहिलो भेटमा मायानाथले जम्लाहात गरे । त्यसपछि एक अर्कामा वार्तालाप सुरु भयो । “क्यानाम, मायानाथ क्या बोर भो π हाम्रो इण्डियामा त लेकिन खूब मज्जा हुन्छ । भिलेज सिलेजको त क्यानाम कामै छैन । हाम्रो इण्डियामा सिटीहरू नै क्या सानदार छ ।” इण्डियाको बखान सुनेर जिल्लिँदै मायानाथले सोधीहाले– “हैन अटलबहादुरजी दिल्लीमा त गान्धीको ठूलो सालिक छ भन्छन् नि रेडस्क्वाएरमा ?” “क्यानाम, मायानाथ त्यो लुते गान्धिको क्यावात् गर्छौ । अच्छा त ऊ भन्दा त हाम्रो हल्दार हर्कबीरको क्या सान छ । देशखाई शेस भएका रिकुटे अटलबहादुरका सामु मायानाथको अनुहार मायालाग्दो भयो । छोरा हुन् त अटलबहादुरजस्ता ।
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x