साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्याैली : सबैतिर राम्रै राम्रो

Nepal Telecom ad

’देशको राजनीति बहुतै असल छ । ’विदेशी प्रभु’ को भक्ति छैन, विदेशी चलखेल पनि छैन । आपसी बाझो पनि छैन ।
नेताहरू पनि संसारकै सर्वोत्कृष्ट असल छन् । कसैउपर पनि अनियमितता, अकर्मण्यता वा अक्षमताको बात लाउन सकिन्न । सबै मिलेर पालैपालो चलाउन र बाँडी खान पोख्त छन् । आसेपासेलाई पनि च्यापेकै छन् । पिआर डिभी खल्तीमा बोकेर याँ कुर्सीमा हालिमुहाली गरेका पनि छैनन् । विदेशतिर खाता पनि कसैका छैनन् । जनताप्रति यति इमानदार र उत्तरदायी छन् कि, पाल, चामल, कम्बल, जस्तापाता आदि केही पनि हराउन दिएनन् । विजली र पानीका आयोजनाहरूको म्याद पनि त्यत्तिक्कै थपिरहेका छैनन् ! भैंचालो पीडित सबैलाई उद्धार र राहत पुर्याएकै हुन्, नपाई कसैले दुख पाएका छैनन् । अर्काले देशको सीमा मिच्ला भनी हरबखत खबरदारी गरिरहेकै हुँदा, सीमा पनि कतै मिचिएको छैन ।

प्रशासन पनि चुस्त दुरूस्त छ । धारामा पानी र तारमा विजली चौबिसै घण्टा आइरहन्छ, कहीं कतै कुनै चुहावट नै छैन । अखाद्य अपेय बनाउनेहरूले पनि लाखौंको नाफा गरिसकेपछि केही हजारको दण्ड पाएकैछन् । ’अलिअलि’ भाउ बढ्नेबाहेक, कालाबजारी पनि भएको छैन । अपराधीजति सबै जेलमा कोचिएका छन्, भलाद्मी जति सबै गाउँघरमै सुरक्षित छन् ।

अर्थव्यवस्था पनि, विश्वको नमूनाकै रूपमा राम्रो छ । युवाहरू, देशमा काम नपाएर नभै, घुमघाम गर्न मात्र विदेशिएका हुन् । तिनले रेमिटेन्स नपठाए पनि फरक पर्दैन, आफ्नो घरखेत बेचेर पनि देश चलाइदिन नेताहरू तयारै छन् । ती युवाहरूले पनि, विदेश नगएर, पार्टी नेताको चम्चा लठैत बनी उनीहरूलाई सघाउने महान् कामको अवसरको सदुपयोग गर्ने खुला मौका देशमै टन्न पाएकै छन् । औद्योगिक क्षेत्रलाई ट्रेड युनियनहरूले ’सघाउने’ काम दह्रैसित गरिरहेकै छन् । करोडौँ कर लुकाउनेलाई एक दुई लाख मात्रै भए पनि तिराएरै छोडिएको छ । ’प्रभु’हरूले पनि सबै ’दिन्छम्, गर्दिन्छम्’ भन्नुभाकै छ ।

समष्टिमा देशमा सुख, शान्ति, विकास, सामाजिक सद्भाव आदि भएसम्मका सबै कुरा आफ्नो उत्कृष्टतम रूपमा विद्यमान छन् । जनता चैं, कुरै नबुझी, केही ’प्रतिगामी’हरूको लहैलहैमा लागेर मात्र कराएका हुन् । जनताले त्यसरी कराउन हुन्न, राम्ररी हेर्नु र बुझ्नुपर्छ । सबैतिर, ’राम्रैराम्रो’ देखिइरहेको छ । भविष्य उज्ज्वलै उज्ज्वल छ ।’
झुट बोलिस् भनेर मलाई दोष लगाउन नपाई, है ! ञी !
–माधवराज आचार्यको फेसबुक स्टाटस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x