साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशद्रोही

Nepal Telecom ad

(आखिर सबै देश मार्ने पक्षमा रहेपछि म पो किन चोखो रहुँ र !देशप्रेमी हुनुमा गौरव गर्ने ठाउँ भए पो !!!)

एउटा डि.भी. गतिलो पारौँ न देशलाई
छिट्टै अमेरिकामा सारौँ न देशलाई ।

ओढेर नक्कली खोल बन्नु परयो नयाँ के ?
बैतरणीदेखि चाँडै तारौँ न देशलाई ।

हामी जितेर के भो हार्दैछ देशले नै !
च्याँखे दिई जुवामा हारौँ न देशलाई ।

ताला छ द्वारमा यो, चाबी उतै उतै छन्
को सक्छ खोल्न आऊ ? उघारौँ न देशलाई ।

सुस्ता मिचीरहेछन् यस्तै कति कति छन्
कोही नभन्नु होला बारौँ न देशलाई ।

बाँझो जमीन छोडी, निर्जीव तुल्य पारी ।
के काम भो र, आजै मारौँ न देशलाई ।
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x