साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ अहिले पनि यस्तै छ

Nepal Telecom ad

कुनै समय गजराज, राजहस्ति ,हुङ्कारनाथ
अजङ्ग बहादुर कुनै बेला !
गजेन्द्र सिंहेन्द्र रणजङ्ग युद्धजङ्ग तातप्यमान उच्चण्ड गदाधर
दण्ड उद्दण्ड प्रभात विभात नगराज नागराज
नामहरू फेरिए फेरिंदै आए बेला बेला
नयाँ शब्द नयाँ व्याकरण नयाँ व्युत्पत्ति
नयाँ नयाँ संश्लेशण विश्लेषण
नाममै छ सार संसारको जस्तै गरी
फेरिए पनि नाम कमाराहरूको
संस्कृतिसम्पदा फेरिएन
परम्परा र प्रवृत्ति फेरिएन ।
सही सलामत रह्यो परम्परागत मालिक
चर्बणशील दाँत आँत सबै सहीसलामत
नितनवीन भोक, खाने पचाउने धन्धा पुरानै
फरक देखिएको छ त केवल नीतिसङ्कथनसन्दर्भमा ।
पहिलेको मालिक दण्डान्वयले पनि काम चलाउँथ्यो
अहिलेको मालिक खण्डान्वयको सौखिन बनेको छ ।
पहिलेको मालिक गर्जेर पेल्थ्यो ,बन्दुक देखाएर पेल्थ्यो
अहिलेको मालिक खेलेर पेल्छ, गीत गाएर पेल्छ
थरीथरीका चकलेट चुसाएर पेल्छ
खोप्रो छ । खोपामा सपना पनि छ
न मालिक त्यो टिपेर दिनसक्छ
न कमारो त्यो झिकेर लिन सक्छ
यस्तै छ स्थिति
यहाँ अहिले पनि यस्तै छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x