साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठ रेक्टरको चिर्कट

Nepal Telecom ad

भूकम्पअघि नयाँ शैक्षिक सत्र सुरु हुँदा छोराले स्कुलबाट सात रेक्टर स्केलको भर्ना शुल्कको चिर्कटो ल्याएको थियो । यसपालि पनि गएको वर्षभन्दा ५० प्रतिशत बढी रेक्टर स्केलको चिर्कटो आएछ । चिर्कटो के भन्नु, चिर्पट । चिर्पटमा अत्यासलाग्दो मासिक शुल्क र अरू दर्जनौँ परकम्प शुल्क थिए । खेलकुद शुल्क, पौडी शुल्क, स्वास्थ्य परीक्षण शुल्क, ट्युसन शुल्क, भ्रमण शुल्कजस्ता पुराना परकम्प कायमै राखेर केही नयाँ परकम्प शुल्कको व्यवस्था विद्यालयले गरेछ । फोहरमैला शुल्क, नदी सफाइ शुल्क, विद्युत् शुल्क, जेनेरेटर शुल्क, औषधी उपचार शुल्क, नर्सिङ शुल्क, संगीत शुल्क, चन्दा शुल्क, पर्खाल मर्मत शुल्क, भइपरी शुल्क इत्यादि । चिर्पटको अन्त्यमा एउटा बन्चरो पनि संलग्न थियो, यो कागज हात परेको तीन दिनभित्र बच्चालाई भर्ना गरिस् भने गरिस् गरिनस् भने मरिस् भन्ने टाइपको ।

मर्नुभन्दा बौलाउनु जाती भन्छन्, जसोतसो भर्ना गरियो बच्चोलाई । स्कुलले भर्नाका लागि तोकेको म्याद सकिएपछि एकथरी पुरेतहरू बढो क्रान्तिकारी भाकामा उदाउँछन्, हरेक वर्ष । विद्यार्थी संगठन नामका ती पुरेत स्कुलले भर्ना गरुन्जेल मिटिङ गर्छन्, भर्ना सकिएपछि बढाएको शुल्क घटाउनैपर्छ भनेर आन्दोलन गरौँलाझैँ गर्छन् । दुई–चार दिन कचमच हुन्छ, पछि को–कोसँग के–के खासखुस हुन्छ, आन्दोलन फासफुस हुन्छ । वार्षिक कर्मकाण्ड सम्पन्न । पुरेत र जजमानबीच दक्षिणा आदानप्रदान हुन्छ कि हुँदैन, त्यो उनीहरू नै जानून् तर आजसम्म यी पुरेत र जजमानबीच किचलो नपरेको र शुल्क नबढेको कुनै वर्ष छैन ।

भूकम्पपछि पढाइ नभएका महिनाको शुल्क लिन पाइँदैन भनेर फेरि विद्यार्थी संगठनहरूले कुरा उठाएपछि एक महिनाको शुल्क नलिने गरी अर्को कर्मकाण्ड सम्पन्न भएछ ।

एक महिनाको भर्ना शुल्क फिर्ता हुने भो भनेर बूढीले एक किलो खसीकै मासु उधारो ल्याइहालिछन्, स्वादले बजाइयो । त्यसको भोलिपल्टै स्कुलले छोरालाई पाँच किलोको चिर्पट भिराएर पठाएछ । भूकम्पले चर्केको स्कुल मर्मतका लागि चन्दाको चिर्पट । एक महिनाको शुल्क मिनाहा, दुई महिनाबराबरको चन्दा । रन्थनिँदै पुगेँ स्कुलमा । प्रिन्सिपल साहूजीसँग जम्काभेट भयो । मैले चन्दाको कुरो चर्काएपछि उल्टै उनले मलाई थर्काए, ‘आधा महिनाको शुल्क छुट, डेढ महिनाको खानामा २० प्रतिशत र गाडी भाडामा १५ प्रतिशत छुट गरेका छौँ । कत्रो नोक्सानी भएको छ व्यापारमा ।’

मैले भात नखाएका महिनाको भातको पैसा र गाडी नचढेका महिनाको गाडी भाडाको कुरो उठाउन आँ मात्रै गरेको थिएँ, उनी उफ्री उफ्री कराउन थाले, ‘टहरा बनाएर तपाईंका छोराछोरीलाई पढाउँदै छौँ । टहराको बिल तपार्इंलाई पठाएको छ ? भूकम्पको भय हटाउन तपार्इंका छाउरा–छाउरीलाई कलाकारहरू बोलाएर नचायौँ, तिनीहरूलाई दिएको पारिश्रमिकको बिल तपाईंलाई पठाएका छौँ ? स्कुलमा टाँसेको रातो स्टिकरलाई हरियो बनाउन एक डोको हरिया नोटले दल्नुपर्योि । यसैपालि स्कुलको गाडीले दुर्घटना गराएर झन्डै दुई लाख जरिवाना तिर्नुपर्योा । भर्ना शुल्क उठाएको लाखौंँ रुपियाँ लिएर एकाउन्टेन्ट भाग्यो । यसैपालि स्कुल पार्टनर फुटेर गयो, त्यसको सेयर फिर्ता गर्नु छ । ती सबै थोकको बिल पनि आउँछ । गाह्रो पर्ला जस्तो लाग्छ भने लगे हुन्छ, आफ्नो बच्चोलाई ।’

सरको आठ रेक्टर स्केलको चिर्पटले लागेर म स्कुलमै ढलेछु । स्कुलले मलाई अस्पताल पुर्या।एबापतको परकम्प चिर्पट पनि पठाइसकेको छ । त्यसको भुक्तानी बाँकी नै छ ।

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x