साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिभाहरूलाई अभिवन्दना

Nepal Telecom ad

काठमाडौैं, असार । अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौँले विविध क्षेत्रका १० जना प्रतिभा छनोट गरी नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सम्मानित प्रतिभाहरूमा पत्रकार एवम् समाजसेवी श्री भैरव रिसाल (अभिवादनश्री), वरिष्ठ प्राध्यापक एवम् समीक्षक प्रा.डा. केशवप्रसाद उपाध्याय (गोपालप्रसाद रिमाल साहित्य अभिवादन), कृष्णभक्त सापकोटा, अग्रज नारी पत्रकार श्री शान्ता श्रेष्ठ (सञ्चार अभिवादन), अग्रज संगीतसेवी श्री हरिदेवी कोइराला (टङ्कमाया लुइटेल सङ्गीत अभिवादन), अग्रज शिक्षासेवी एवम् साहित्यकार श्री गोविन्दराज विनोदी (धर्मप्रसाद तिमल्सिना शिक्षा अभिवादन) रहनु भएको छ ।

त्यसै गरी साहित्यकार श्री मोहन सिटौलालाई कृष्णभक्त सापकोटा साहित्य अभिवादन, सुदर्शन गौतमलाई समाजसेवा अभिवादन, समाजसेवी श्री मातृका गोपालकृष्ण पौडेल, चित्रकलाकार श्री आइ.बी. मल्ललाई चित्रकला अभिवादन,
श्री कृष्ण पौडेललाई मोहनप्रसाद ढुङ्गेल संस्कृत शिक्षा अभिवादन र पत्रकार एवम् युवा सामाजिक अभियन्ता श्री सुष्मा पौडेललाई प्रतिभा अभिवादन अर्पण गरियो ।

समाजका विविध क्षेत्रका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको सो समारोहमा सम्मानित प्रतिभाहरूको परिचयसहित यस किसिमका अभिवादन कार्यक्रमको महत्वबारे प्रा. राजेन्द्र सुवेदीले विशेष मन्तव्य राख्नुभयो । सम्मानित प्रतिभा एवम् कार्यक्रमका प्रमुख अतिथिले सभाध्यक्ष रमेश शुभेच्छुका हातमा पुष्पावरणमा रहेको अभिवादन पत्र आफै उठाएर ग्रहण गर्दै यतिका विशिष्ट प्रतिभा छनोट गरी अभिवादन गर्न सकेकामा प्रतिष्ठानलाई बधाइदिँदै अबको समाज र युवा पुस्ता समाजसेवी चेतना विहीन बन्दै गएको र यस्ता संस्थाले त्यसतर्फ नेतृत्व लिनुपर्ने बताउनुभयो ।

अभिवन्दित प्रतिभा केशवप्रसाद उपाध्यायले आफूले रिमालका लागि चार वर्ष अनुसन्धान गरे पनि आजसम्म कसैले नसम्झिएकामा रिमालकै नामको पुरस्कार पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले आफूले आजसम्म कुनै सम्मानपत्रमा नपाएको सम्मानको भाषा भएको सम्मान पत्र पाएको खुसी पनि व्यक्त गर्नुभयो ।

अग्रज नारी पत्रकार शान्ता श्रेष्ठले सम्मानका नाममा आएका विकृतिहरूप्रति संकेत गर्दै आफूलाई यस सम्मानमा विश्वाश रहेको र अझै धेरै काम गर्ने उत्साह मिलेको बताउनुभयो । अर्का सम्मानित प्रतिभा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष निबन्धकार एवम् साहित्यकार मोहन सिटौलाले भुइँचालो शीर्षकको कविता वाचनसहित यस सम्मानले थप काम गर्न अभिप्रेरित गरेको बताउनुभयो ।

शिक्षासेवी गोविन्दराज विनोदीले आफूले गरेको शिक्षासेवाको उति कदर नभएको जस्तो लागिरहेका बेला पाएको यस अभिवादनले केही गरिएछ भन्ने लाग्नका साथै थप केही गर्ने उत्साह मिलेको बताउनुभयो । गायिका हरिदेवी कोइरालाले कास्कीदेखि काठमाडौँ आएर सम्मान पाएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाको र कार्यक्रमको संक्षिप्त परिचय एवम् स्वागत मन्तव्य संस्थाकी सचिव गीता सापकोटाले र धन्यवाद ज्ञापन मन्तव्य संस्थाका अध्यक्ष रमेश शुभेच्छुले राखेका थिए ।

प्रतिष्ठानले उल्ल्ेखित विविध क्षेत्रका ३० जना प्रतिभालाई अभिवादन गरिसकेको छ । संस्थाले तेस्रो अभिवादन अर्पण समारोहको अवसर पारेर विभिन्न महानुभावहरूलाई आजीवन सदस्यता एवम् सदस्यता प्रदान गरेको छ ।

उक्त अवसरमा प्रतिष्ठानले विशेष अतिथि एवम् प्रतिभा छनोट समितिका संयोजक प्रा. राजेन्द्र सुवेदी, महेश गुरुकुलम् तनहु एवम् सी.सी. आर.सी कलेज काठमाडौँलाई कदरपत्र प्रदान गरेको थियो ।
–गीता सापकोटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x