साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार १५ र कविता

Nepal Telecom ad

काठमाडौं, असार १५ । गोंगबुँ साहित्यिक समाजले असार १५ को अवसरमा ‘असार १५ र कविता, संस्कृति र साहित्यमा हाम्रो सहभागिता’ भन्ने नाराका साथ एक साहित्यिक कार्यक्रमको आयोजना ग¥यो ।

समाजका सचिव तथा यात्रा साहित्यका सशक्त हस्ताक्षर कवि दामोदर पुडासैनी किशोरको सभापतित्वमा सम्पन्न उक्त साहित्यिक कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अमर गिरीले असार र कविता, धान रोपाइँ र साहित्यको सम्बन्ध आदिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले हाम्रा साँस्कृतिक र पर्व अनुुसार गरिने यस्ता साहित्यिक कार्यक्रमहरू गाउँघर र सम्बन्धित स्थानमा नै गएर गर्न सके यसको अझ बढी सार्थकता झल्कने कुरा बताउनु भयो । यस्ता कार्यक्रमहरूका लागि प्रज्ञा प्रतिष्ठान सहकार्य गर्न तत्पर रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा डा.गार्गी शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, प्रह्लाद पाख«ेल, प्रभा भट्टराई र सन्ध्या पहाडीले कविता वाचन गर्नु भएको थियो । त्यसैगरी हरि प्रसाद पाण्डे, मणिराज सिंह, लक्ष्मी उप्रेती, विश्व देवकोटा, डिल्ली प्रसाद मूलतिहुन, सीता विष्ट कार्की, द्वारिका कुइँकेल र भवानी मैयाँ पन्तले पनि आआप्mना रचनाहरू सुनाउनु भएको थियो । साथै गीता कार्की, सविना सिन्धु, भैरवी ढुङ्गाना, सुदेश सत्याल, उत्तम भेटुवाल, तर्कना शर्मा, राधा पाण्डे र अञ्जना रिजालले समेत आप्mना सिर्जनाहरू सुनाउनु भएको थियो ।

कार्यक्रममा न्हुच्छे नारायण मानन्धर, रामकृष्ण सेढाईं, शम्भु पाण्डे, डा.कञ्चन घिमिरे, रामकृष्ण डङ्गोल, नेत्रप्रसाद अधिकारी, विनय पाण्डे, वसन्त पाण्डे, विष्णु प्रसाद थपलिया, गायत्री खतिवडा, विष्णु तारुके, श्यामराज पाठक र किशोर राज वन्त लगायत सयौं शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x