साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्भकर्णको भुँडी 

आज हामीकहाँ रामायणको त्यही कुम्भकर्ण त छैन तर कुम्भकर्ण राजनीति छ । नेपाली जनता आज यहाँका सत्तासीनहरूले गरेका वाइड बडी लगायतका भ्रष्टाचारका रावणायन बखान सुनिरहेका छौं ।

Nepal Telecom ad

 height=पुराना रामायणहरूमा कुम्भकर्णका भुँडीको विस्तृत चर्चा गरिएको पढ्न पाइन्छ । वेला वेला लङ्काको राजकीय सभामा रावण पनि भन्थ्यो, भुँडी हुनु त हाम्रो भाइ कुम्भकर्णको जस्तो हुनु । उसको भुँडीमा के छैन ? स्वर्गको नन्दन बन, ऐरावत हात्ती, उच्चैःश्रवा घोडा, पहेँला, हरिया, राता, सेता र छिरबिरे रङ्गका विविध खाले खाद्यपेय पदार्थ, पृथ्वीका तमाम सुनचाँदी सवै सवै उसका भुँडीमा खातका खात  भित्रिएका छन् । विश्वव्रह्माण्डका तमाम सुखसमृद्धि उसका भुँडीमा खात लागेका छन् । अटेस्मटेस् छन् । उ तृप्त छ । यसैभएर उ वर्षको ६ महिना त खोपीमा  मस्तसँग सुत्छ र सपना मात्रै देख्छ ।

रावणका ठट्यौला कुरा सुनेर सभामा बसेका सवै राक्षसहरू मुक्तकण्ठले हाँस्थे ।

एक दिन लङ्काकै राजकीय सभामा लामो निःश्वास छोड्दै रावणले भन्यो, यत्रो समुद्र पार गरेर वानरसेनाका साथ धनुर्धारी राम लक्ष्मण चढाइका लागि हाम्रो राजधानी लंङ्का पस्दासम्म पनि भाइ कुम्भकर्ण निद्रामै छ । सपनामै छ । गएर हेर, गजधम्म पल्टिएको भयङ्कर पहाडजत्रो छ उसको भुँडी । उसको भुँडी श्वासप्रश्वासमा तलमाथि गर्दाको दृश्य हेर, पहाडमा भयङ्ंकर भूकम्प जाँदाको कम्पन दृश्यसँग मिल्छ । उसका कानहरू घैंटाजस्ता छन् । कानेगुजी भरिएका छन् । केही सुन्दैनन् । पीडितका आवाज त सुन्दैसुन्दैनन् । उ आफैं कति भीषण आवाज निकालेर घुर्छ । घुर्दाका श्वासप्रश्वासमा कति गज्जव देखिन्छ उसको नाकका पोहरा । सपनामा यदाकदा हाइ गर्दा उसको मुख ओडारले आँ गरेजस्तो देखिन्छ । यो सवै भीषणता आजको हाम्रो लङ्काको लागि के काम ? के प्रयोजन ? उ ६ महिनामा एक पटक उठ्छ त भोकको भकारी बोकेर उठ्छ । आफ्नै भुँडी भर्नका लागि उठ्छ । भुँडी भछर्, फेरी सुत्छ । उसका सपना जतिसुकै सुन्दर अथवा जतिसुकै विद्रूप किन नहुन् ती हाम्रा लागि कामका छैनन् । हामी हाम्रै विपनामा छौ । विपनाको सामना गर्दैछौं । उ सपनाको रासलीलामा छ । ठीक छ । सुतोस् ! अभैm देखोस् सपना ! युद्ध घनीभूत हुँदै गएपछि उठ्न त एक दिन त्यसले पनि पर्छ ! अवश्य पर्छ !!

नभन्दै युद्ध घनीभूत हुँदै गएपछि राक्षस सेनाको र बानर सेनाको सम्युक्त कोलाहल आवाज सुनेर कुम्भकर्ण एक दिन उठ्यो । उसले उठ्ने रुटिनका दिनभन्दा अगाडि नै उ उठ्यो । “अव मैदानमा निस्की । भोक लागेको छ भने यिनै बाँदर खाएर पेट भर !” आक्रोषित  रावणको आदेश वातावरणभरि गुन्जित भयो ।

कुम्भकर्णले वरिपरि आँखा घुमाएर र्हेयो । उसलाई युद्धको वानरमय वातावरण रमाइलै लाग्यो । उसले पहिले पहिले पनि खाएको थियो बाँदर । उसले एक एक वाँदर टिपेर मुखमा फाँको मार्न थाल्यो । युद्धका कारण उसलाई अहिले चपाइरहने फुर्सत भएन । सिंङ्गै निल्दै गयो । पहिले पहिले त सिङ्ंगासिङ्ंगै निल्दा पनि पचाउँथ्यो । यस पटकका वाँदर त्यस्ता सुपाच्य परेनन् । पेृटमा पुगेका वाँदरले चिथोरेर कोपरेर कुम्भकर्णका आन्द्रा चुँडाले । एक जना बाँदरले त उसको मुटूमै लात हान्यो । बाँदरहरू भकाभक उसका भुँडी फोरेर फटाफट बाहिर निस्के । छताछुल्ल भुँडीको कुम्भकर्ण अनायास ढल्यो । ढलेपछि कहिल्यै उठेन ।

यति हुँदा पनि कुम्भकर्णका भुँडीको महिमागायन भने रोकिएन । सित्तैमा अरुको पाए, भ्याएम्म जथाभावी खाने, हसुर्ने र उकुस्मुकुस् अघाएपछि पचाउनका लागि कुम्भकर्णलाई सम्झेर भुँडी सुमसुम्याउने चलन विशेषतः पुरेत पण्डित समाजमा अद्यावधि कायमै छ

आज हामीकहाँ रामायणको त्यही कुम्भकर्ण त छैन तर कुम्भकर्ण राजनीति छ । यसका विशिष्ट कथा व्यथाहरू आफ्नै छन् । नेपाली जनता आज यहाँका सत्तासीनहरूले गरेका वाइड बडी लगायतका भ्रष्टाचारका रावणायन बखान सुनिरहेका छौं । रामायणका कुम्भकर्णको भुँडी र त्यसको मार्मिक अवसान पनि सम्झिरहेका छौं ।

यसैबीच राजनीतिक मन्चमा भ्रष्टाचारका कथालाई घामबाट तानेर छायामा आराम गराउने प्रयत्नको प्रहसन मन्चन पनि  कम उत्सुकताजनक देखिएको छैन  ।

वर्तमानका सत्तासीनहरूका तीव्र गतिमा सन्चालित  राजनीतिक विकास कार्यक्रमहरू देख्दा र भाषणहरू सुन्दा अव हामी नेपाली जनताका दुवै हातमा सुखसमृद्धि नामका भकारीहरू आइपुग्ने पक्का भइसकेको आभास पाइन्छ । बरु हामी गरीव निर्दा दुब्ला नेपाली जनताका साना साना हातले सुखसमृद्धि नामका अपरिचित सामग्रीका त्यति ठुला ठुला भकारी कसरी थाप्ने ? कसरी थाम्ने ? समस्या गम्भीर छ ।

सारसङक्षेपमा भन्नु पर्दा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तुत सुखसमृद्धिको नयाँ व्याकरण पढ्न, बुझ्न हामी सर्वसाधारण जनतालाई फलामको च्यूरा चपाउनुजत्तिकै कठिन भएको छ । किन भने यस व्याकरणमा हामीले बोलिरहेको भाषा र बाँचिरहेको जीवन छैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x