साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल्याङल्याङ

Nepal Telecom ad

 height=राजनीति शास्त्रको परीक्षाको अन्तिम घडीमा लुरूलुरू कक्षामा आउने विद्यार्थीसँग सिक्ने इच्छाशक्ति कति हुन्थे ? उनीहरूकै मेहनतमा भर पर्ने विषय हो । {{read_more}} तर पनि उच्चतहमा अध्ययन गर्नेहरूसँग निर्णय क्षमता आजका विश्वविद्यालयका विद्यार्थीहरूको चुनौतीको विषय थियो । प्राध्यापकहरू यस बारे खुबै चिन्तित थिए ।
“टाइप सकियो ?”
“सकिनै आँट्यो सर !”
“कहिले सकिन्छ त ?”
“हप्ता दसदिनमा होला सर !”
“छिटो सक्नु नि !”
“कोशिस गर्छु सर !”

यस वातचितपछि विद्यार्थीले ‘शोधपत्र’ लेख्न थाल्यो । शोधको भाषा, सम्भावित उत्तर बारे अनभिज्ञता जनाउने शब्दहरू ‘हुनुपर्छ’, ‘हुनसक्छ’, ‘होला’, ‘यस्तै’, ‘यस्तै यस्तै’, ‘यस उसले’, ’कोशिस’, ‘आँट्यो’, ‘भइहाल्छ नि’ एवं ‘सम्भवत’ जस्ता शब्दहरूको प्रयोग भएको देखिन्थ्यो । खुब मेहनत गरेर लेखेको ठानिने औपचारिक शैक्षिक तहको ‘शोध’ यस्ता भाषाको प्रयोगले तथ्यपरकतामा भन्दा पनि अनुमानित एवं कल्पनात्मक विवरणको फेहरिस्तका रूपमा शोधपत्र दर्जिन्थ्यो ।

“शोध पत्र सकियो ?”
आफ्नो विद्यार्थीलाई प्राध्यापकले सोधे ।
“उम ! सक्न त सकियो सर !”
प्राध्यापकले विद्यार्थीको कुरा बुझे । सँगै ल्याएको शोधपत्र हेरे । यसो उसो पल्टाए अनि दङ्ग परे ।
“कहाँ टाइप गराएको ?”
“साथीहरूले गराउने साइवरमा !”
“कट पेस्ट, नो रेफरेन्स !”

प्राध्यापकको कुरा सुनेपछि विद्यार्थी उनको अगाडि हात मोल्न थाल्यो ।
“सर ! हजुरको क्लास नै लिन भ्याइन !”

प्राध्यापकले कुनै उत्तर दिएनन् । विद्यार्थी खुब पछि लाग्यो । त्यो दिन सकियो । भोलिपल्ट विद्यार्थी विहानै प्राध्यापककोमा पुग्यो ।

“सर ! मैले हजुरको क्लास त अलिअलि लिएको थिएँ, तर बिर्सएछु सर ! सर एक पटकलाई हेरिदिस्यो सर !“
विद्यार्थी अनुनय विनय गरिरहेथ्यो । उसको शोधपत्र स्वीकृत नहुन्जेल “हुन्छ, ‘हस’, ‘हजुर’, ‘भइहाल्छ नि’ भाषामा चिल्लो घस्दै पछिपछि थियो । प्राध्यापक चुप थिए । धेरै नै गरेपछि उनलाई पनि टेन्सन भएछ क्यारे !
“के ल्याङल्याङ गरेको ?, अर्काे लेखेर ल्याउनु !”

त्यहाँबाट हराएको विद्यार्थी अचेल राजनीति शास्त्र पढाउँथे सडकमा ! प्राध्यापक यतै गुमनाम थिए अनि सडकमा शोधको भाषा उडन्ते थिए । ल्याङल्याङ चलिरहेको शास्त्रार्थ व्याख्यासँग ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x