साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिल्यै नभएको विकास यसै वर्ष भयो !

Nepal Telecom ad

 height=अचम्मै भयो, उल्का भयो, गजबै भयो
कहिल्यै नभएको देश विकास यसै वर्ष भयो
अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो {{read_more}}
प्रधानमन्त्रीले भन्न सक्नुहुन्थ्यो र भन्नु भयो ।

मैले भनें हजुर तथ्याङ्कले त यो कुरो मान्दैन
प्रधानमन्त्री को हो पनि जान्दैन
भाषणका कुरा कार्यकर्ता मान्लान जनता मान्दैन
त्यस्तो विकास भएको जस्तो त कसैलाई लाग्दैन ।

प्रधानमन्त्री मुसुक्क मुस्कुराउनु भयो
एउटा उखान र दुईटा टुक्का सुनाउनु भयो
अनि अचम्म मान्दै सोध्नु भयो,
यो नेकपाको सरकार हो कि तथ्याङ्कको ?

त्यही दुई तिहाईको तथ्याङ्कले नै मलाई प्रधानमन्त्री बनाएको हो
अनि आफैंले बनाएको प्रधानमन्त्रीका कुरा आफै किन नपत्याएको हो ?
त्यस्तो द्वैध चरित्रको तथाङ्कदेखि सरकार डराउँदैन
त्यस्ता गणतन्त्र विरोधीलाई अब नेपालमा ठाउँ छैन ।

तथ्याङ्कसँग असहमतिको मुद्दा वार्ताबाट टुङ्गोमा पुर्याइने छ
वार्तामा नआए संविधान बमोजिम विधेयक लेराइनेछ
सुशासनको नीति अनुरुप तथ्याङ्कलाई कारबाही गरिनेछ
सुशासनसहित सम्बृद्ध नेपाल र सुखी नेपाली त पक्कै बनाइने छ ।

देश त अब द्रुत विकासको बाटोमा अगाडि बढी सक्यो
ब्याक गियर र ब्याक मिरर दुवै छैनन् यो मोटरमा
अगाडि गएर विकासमा ड्याम्मै ठोकिने भैसक्यो
उद्घाटन र शिलान्यास गर्दागर्दा यी मेरो औंलै बाङ्गिसक्यो ।

मैले बोलेका कुरा सुन्दा कतिपय छक्क पर्छन्
त्यस्तो पनि हुन्छ र ? भनेर ठट्टा पनि गर्छन्
ती सबैलाई हन्हन्ती ज्वरो त त्यतिबेला आउने छ
जब मेरो सरकारले गुरुत्वाकर्षणको सिद्धान्तमाथि रोक लगाउने छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x