साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिण्डिकेट हटेपछि 

Nepal Telecom ad

 height=सिण्डिकेट हटेपछि मर्निङवाक नै छोडें ।
हिजो देख्या सपनालाई लोप्पा दिई तोडें ।। {{read_more}}
गाडी चढ्छु दिनदिनै उतै कवाज खेल्छु ।
दायाँ फर्क बायाँ फर्क भन्दा त्यसै गर्छु ।।

सर पछि मात्रै भन्छ  आँखा बर्साउँछ । 
कवाज खेल्न नमानेमा शब्दै पड्काउँछ  ।।
कहिले भन्छ हात उठा कहिले खुट्टा उठा ।
आधामात्रै टेक भन्छ लुका भन्छ पुठ्ठा ।।

हिजो हजूर अचम्मै भो कोट अन्तै पुग्यो ।
बाहुला मात्रै भेटें हजूर सर्दासर्दै चुँड्यो ।।
झोलासँग  अल्झिएर एउटी दिदी आइन् ।
जुत्ता पनि साटिएछ लाज मान्दै लाइन् ।।

बसबाट झर्दा खेरी एउटै टाँक हुन्न ।
कहिलेकाहीँ छाम्छु आफै नाक छ कि छैन ।।
नुहाउँछु पसिनाले पानी बच्छ घरमा ।
मर्निङ वाक त्यागें हजूर कण्डक्टरकै भरमा ।।

फाइदै फाइदा भएपछि दुखका दिन गए ।
समृद्धिको अर्थ बुझे धेरै खुशी भएँ ।।
तपाईँ पनि हिड्न छोड्नुस् बसै चढौं सँगै ।
सिण्डिकेट खत्तमै भो  कवाज खेलौं सँगै ।।
धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x