साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकादशीको व्रत

Nepal Telecom ad

 height=छुन्नन् दाल र भात मात्र घरमा श्रद्धा गरी धर्मको
धुन्नन् साबुनले चमक्क कहिल्यै चिल्लो चुली चर्मको {{read_more}}
राख्छन् क्विन्टल पेटमा फलहरू घट्ला भनी तागत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।१।

आई लाइनमा बसे चुलबुले बच्चा मकैका जब
काका स्वागत गर्दछन् उदरमा जिब्रो निकाल्दै तब
माग्छन् टेबुलमा बसी अझ सयौं काक्राहरूको मत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।२।

देख्नैहुन्न अचार आँप अमिलो एकादशी गेटमा
जो आए निहुँ खोज्न काकु नजिकै पुग्छन् छिटै पेटमा
सिट्ठी साथ बजीरहे कुकरमा बोडी चना भत्भत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत 
।३।

हार्छन् युद्ध सधैंजसो बियरका निर्धा दसौं बोतल
मोमो आइँ गरी पसेर मुखमा चिप्लिन्छ घाँटी तल
काकीले जब सोमको जुस पिइन् खित्केर हाँसे म त 
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।४।

जिब्रोको घरमा अनेक रसिला राखेर चिल्ली चिली
वर्षौंवर्ष गरी रहे व्रत अहा काका र काकी मिली
उस्तै छन् भतिजा दुरुस्त भतिजी देखेर जिल्लै म त
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x