सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकादशीको व्रत

Nepal Telecom ad

 height=छुन्नन् दाल र भात मात्र घरमा श्रद्धा गरी धर्मको
धुन्नन् साबुनले चमक्क कहिल्यै चिल्लो चुली चर्मको {{read_more}}
राख्छन् क्विन्टल पेटमा फलहरू घट्ला भनी तागत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।१।

आई लाइनमा बसे चुलबुले बच्चा मकैका जब
काका स्वागत गर्दछन् उदरमा जिब्रो निकाल्दै तब
माग्छन् टेबुलमा बसी अझ सयौं काक्राहरूको मत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।२।

देख्नैहुन्न अचार आँप अमिलो एकादशी गेटमा
जो आए निहुँ खोज्न काकु नजिकै पुग्छन् छिटै पेटमा
सिट्ठी साथ बजीरहे कुकरमा बोडी चना भत्भत
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत 
।३।

हार्छन् युद्ध सधैंजसो बियरका निर्धा दसौं बोतल
मोमो आइँ गरी पसेर मुखमा चिप्लिन्छ घाँटी तल
काकीले जब सोमको जुस पिइन् खित्केर हाँसे म त 
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।४।

जिब्रोको घरमा अनेक रसिला राखेर चिल्ली चिली
वर्षौंवर्ष गरी रहे व्रत अहा काका र काकी मिली
उस्तै छन् भतिजा दुरुस्त भतिजी देखेर जिल्लै म त
काका मख्ख मनाउँदा सहरमा एकादशीको व्रत
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)