साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल ल भन्दिउँला

Nepal Telecom ad

 height=घरभित्र दनादन चोर पसे
घरमालिक चाहिं लुकेर बसे
मनभित्र गुने अब मुश्किल भो {{read_more}}
कुन यत्न गरीकन उम्कनु हो ।।

छ उतातिर पल्टन चार जना
बिचरो छ यतातिर एक जना
कर दण्ड उतातिर सज्जित छन्
कर लुत्र यता तन कम्पित छन् ।।

धनमाल बचाउन लाग्नु प(यो
कि गरीब बनीकन बाँच्नु प(यो
छ सहाय यहाँ कुन सोच्नु प(यो
अनि फोन गरीकन भन्नु प(यो ।।

यतिमै प्रहरी छ भन्यो मनले
गर फोन भन्यो अनि जेहनले
झटपट्ट झिकीकन फोन गरे
प्रहरीसित आपत भन्न सरे ।।

घन घन्घन घण्ट बजेर गयो
जति जानु थियो अनि बन्द भयो
तर फोन उठेन निरर्थक भो
मुटु ढक्ढक ढक्ढक थर्र भयो ।।

कति हाकिमका पद याद भयो
यसका उसकातिर फोन गयो
कतिको त उठेन यसै सकियो
जसले सुनियो उसले भनियो ।।

“ल ल भन्दिउँला ल ल भन्दिउँला
प्रहरीसित जान भनी भनुँला“
उनले त भने कि बसे यतिकै
तर चोर पसे घरमा सजिलै ।।

न कुनै प्रहरी जन आइदियो
जब भोलि भयो घर रिक्त थियो
घरमालिक फेरि गए चुरिंदै
सब ठाउँ भने अनि खूब रुँदै ।।

जति ठाउँ गए स्वर एक थियो
पदबाट भने भर खूब थियो
“ल ल भन्दिउँला म यहाँ भनुँला
म उहाँ भनुँला म सबै भनुँला“ ।।

कति हाकिमको चिनजान थियो
कतिका जयगान कठै गरियो
तर आज भयो सब तुच्छ कुरा
“ल ल भन्दिउँला ल ल भन्दिउँला” ।।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x