साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १०५औँ शृङ्खला

Nepal Telecom ad

काठमाडौँ, जेठ १८ गते, शनिबार । सुरभि साहित्य प्रतिष्ठान नेपालले आफ्नो १०५औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । {{read_more}} प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्य height=क्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि बालकथाकार एवम् लघुकथाकार रञ्जुश्री पराजुली हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सुुरभिका संरक्षक एवम् वरिष्ठ साहित्यकार द्वय विजय चालिसे एवम् गोविन्द घिमिरे वेदमणि, गायत्री चापागाईं, डा.विदुर चालिसे, प्रकाशमणि दाहाल, रमेशजङ्ग थापा, डा.पुष्करराज भट्ट, गङ्गाप्रसाद शर्मा, महेद्र चालिसे, गङ्गा पौडेल कर्माचार्य, वासुदेव गुरागाईं, राममणि पोखरेल र भगतदास श्रेष्ठ हुनुहुन्थ्यो । 

यस कार्यक्रममा नियमित कथावाचन तथा सुलेख मासिकको ८० औँ अङ्क लघुकथा विशेषाङ्क लोकार्पण भएको थियो । केही कथाहरूको वाचनपछि भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले लघुकथा विशेषाङ्कको लोकार्पण गरेका थिए । लोकार्पित अङ्कका लघुकथाहरूको समीक्षा सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गरेका थिए । 

कार्यक्रममा जम्मा २७ जनाले लघुकथामात्र वाचन गरेका थिए । जसमा भूधरा उपाध्याय, रञ्जना पराजुली लम्साल, राधा कार्की, टङ्कबहादुर आलेमगर, रञ्जु खनाल, परशुराम पराशर, पवित्रा अधिकारी, समिना खनाल प्रथा, सुशील आचार्य, प्रमोद प्याकुरेल, महेशकुमार वाग्ले, वासुदेव गुरागाईं, राजबाबु श्रेष्ठ सागर, रामकुमार पण्डित, उर्मिला पन्त पाण्डे, ललिता दोषी, गङ्गा पौडेल कर्माचार्य, सुशीला खड्का हसिना, रामचन्द्र खतिवडा, शान्ति रिसाल, गोविन्द घिमिरे वेदमणि, डा.विदुर चालिसे, प्रकाशमणि दाहाल, विजय चालिसे, गायत्री चापागाईं र प्रमुख अतिथि रञ्जुश्री पराजुलीले लघुकथा वाचन गरेका थिए । कार्यक्रममा वाचित लघुकथाहरूको समीक्षा डा. पुष्करराज भट्टले गर्नुभएको थियो । 

कार्यक्रममा अतिथि वक्ताहरूले सुरभि साहित्य प्रतिष्ठान यस क्षेत्रको महत्वपूर्ण र सफल साहित्यि संस्था भएको बारे बताउँदै रमेश विकल र भैरव अर्यालजस्ता आख्यान र व्यङ्ग्यका हस्तीको स्थानलाई सुरभिले न्याय गरेको समेत व्यक्त गरे । प्रमुख अतिथि रञ्जुश्री पराजुलीले यो प्रतिष्ठान आख्यानका क्षेत्रमा नयाँ आयाम थप्न सफल भएकोमा प्रशंसा गर्नुभयो । वहाँले सुलेखले आख्यानको सेवा गरेको बारे बोल्दै तत्कालै गरिने समीक्ष, सुझाव आदिले यस क्षेत्रमा लाग्ने कथाकारलाई प्रेरणा, हौसलाका साथै सच्चिने मौका समेत मिल्ने कुरा व्यक्त गर्नुभयो ।  

कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष रामकुमार पण्डितले गरेका थिए । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x