साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ७९ औँ शृङ्खला 

Nepal Telecom ad

 height=जेठ, ११ गते शनिबार, घुम्ती कविगोष्ठी नेपालको ७९ औँ शृङ्खला काठमाडौँको आरुबारीस्थित विकल निवासमा सम्पन्न भएको छ । {{read_more}} साहित्यकार महेन्द्र चालिसेले आयोजना र अध्यक्षतामा गोष्ठी भएको थियो ।

वरिष्ठ कवि विप्लव ढकालको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा घुम्ती कविगोष्ठीका सल्लाहकार एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, घुम्ती कविगोष्ठीका अध्यक्ष परशुराम पराशर, कथाकार रमेशजङ्ग थापा, कवि त्रिलोचन आचार्यको आतिथ्य रहेको थियो । बिहान साढे सात बजेबाट सुरु भएको यस कार्यक्रममा अतिथि लगायत माधललाल श्रेष्ठ, राजेन्द्रप्रसाद ढुङ्गाना, पुरुषेत्तम पौडेल, रामचन्द्र दाहाल, अच्युत प्रसाद चालिसे, कात्यायन, सुशील आचार्य, अम्बिका चालिसे पोखरेल, तारा चालिसे, शारदा पराजुली, मेनका पोखरेल आचार्य, घनश्याम प्रसाईं, इन्दिरा चालिसे, सुवासचन्द्र जोशी, रामकुमार पण्डित र विजय तामाङ ‘विश्वास’ले कविता, गीत, मुक्तक तथा गजल वाचन गरेका थिए । 

वाचित रचनाहरूको समीक्षा गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो । वहाँले हरेक कविताको सबल पक्ष र दुर्बल पक्षलाई केलाएर टिप्पणी गर्नुभएको थियो । प्रमुख अतिथि वरिष्ठ कवि विप्लव ढकालले कविताको सैद्धान्तिक पक्षको बारेमा बताउँदै गद्य कविता, पद्य कविता र हाइकु कस्तो हुनुपर्नै भन्ने समेत बताउनुभयो । साथै वहाँले घुम्ती कविगोष्ठीका यस्ता कार्यको प्रसंसा गर्दै यसलाई निरन्तरता दिन सके यसले लुकेका प्रतिभालाई प्रष्फुटन गराउँछ नै भन्नुभयो । यस कार्यक्रमलाई घुम्ती कविगोष्ठीका उपाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको थियो ।  
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x