बद्रीप्रसाद दाहाल ‘भस्मासुर’बिचरो मन्त्री ?

मन्त्राणी जति छन् धनाढ्य अहिले, मन्त्री सबै निम्छरा
पेवापात दहेज टन्न घरमा, ल्यायौ दुलै अप्सरा । {{read_more}}
के भन्नू बिचरा ? कठै गरिप छौ, हौ भाग्यहारा तिमी
लक्ष्मीकै वरदानले खरबका, स्वामी बनेछौ तिमी ।।
चिल्ला कार नयाँ—नयाँ महल छन्, उद्योग छन् स्रोत छन्
धेरै बैँक र बित्तका निगममा, साली—सँगी ओत छन् ।
सिन्को सम्पति छैन क्यै मुलुकमा, हा ! सर्वहारा तिमी
सासू औ ससुरा सुता सुत धनी, छौ वित्तहारा तिमी ।।
जो सन्तान थिए पुगे पर पुगे, सम्पत्ति पैसा लगे
देख्दा टाट तिमी गरीब विचरो, क्यै छैन क्यै छैन रे ।
छाला ओड्दछ बाघको जतनले, जम्वूक औ स्यालले
त्यस्तै गर्नु सिकार यो मुलुक नै, चल्दैछ ख्याल्ख्यालले ।।
धोबीको रङले विशिष्ट हुन गै, छक्याउँछौ क्यै दिन
खोज्छन् जम्बुकले कुनै दिन यहाँ, कस्को तिमी हौ ‘जिन’ ?
पत्ता लाग्दछ स्यालकै सुत भनी, सिद्धिन्छ तिम्रा दिन ।
छट्टू हो अब धाक छोड दुनियाँ, झुक्किन्न है छिन्छिन ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































