साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरायो

Nepal Telecom ad

 height=कुकुर, स्याल, बिरालो कालो खरायो करायो
दिउँसै झ्याल फोरियो, रातो जरायो हरायो । {{read_more}}
जङ्गलदेखि मङ्गलसम्म के गरी हरायो ?
सरकारदेखि बुद्धि र शुद्धि झन् धेरै हरायो ।

कानुन पनि डरायो भन्छन् नियम डरायो
भन्दछन् कोही कुकर्म गरी बेचैनी हरायो ।
गति र मति हुँदैछ खती, नीति झन् हरायो
नैतिक शिक्षा, दीक्षाको पनि उन्नति हरायो ।

शिक्षाको दीप, श्रमको सीप भेटिन्न हरायो
परीक्षा दिने चिटको मुठो देखिन्न हरायो ।
निरीक्षण गर्ने, परीक्षण गर्ने पोको नै हरायो
भोजमा खाने, घरमा लाने बोको नै हरायो ।

नेताको कालो धोती र टोपी विवेक हरायो
सेताको सेतो, कालाको कालो अनेक हरायो ।
गरायो कल्ले ? कोही छैन डल्ले गजब गरायो
पार्टीको पनि झण्डा र नाम तमाम हरायो ।

भूकम्प पीडित जनको कता राहत हरायो ?
पाएर धोका, डोकाका डोका आहत करायो ।
बोकेर भारी भरिया भन्छन् फरिया हरायो
चम्चाका गिरी भन्दछन् फेरि गरीबी हरायो ।

भन्दछन् कवि छन्दको मेरो कविता हरायो
ब्यङ्ग्यमा लेख्ने कविको बल रमिता हरायो ।
हरायो आज सत्कर्म गर्ने शक्ति नै हरायो
धर्म र सर्म हराएपछि भक्ति नै हरायो ।

      – ९८४१४९१०८१ (२०७५ वैशाख, १०)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x