साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार नियोजन

Nepal Telecom ad

एक दिन यो देशको भ्रष्टाचार बारे
सोच्दा सोच्दै निद्रामा भुसुक्क भएछु
ओहो कस्तो सपना
म त यमलोकमा नै गएछु !
गजबको कुरो त
नेपालका प्रधानमन्त्री सुशिल दा पनि त्यतै
भारतका प्रधानमन्त्री मोदीजी पनि त्यतै
पाकिस्थानी प्रधानमन्त्री नवाबजी पनि उतै
त्यहाँ पनि भ्रष्टाचारकै कुरो हुँदैथ्यो
भ्रष्टाचारको बहसले यमलोक पनि छुँदैथ्यो
पहिले पाकिस्थानी प्रधानमन्त्री नवाब शरिफले सोधे
यमर, मेरो देशको भ्रष्टाचार कहिले सकिएला ?
यमराजले भने
पच्चिस वर्षमा सकिएला
नवाबका आँखामा आँसु !
यमराज भने किन ?
नवाबले भने
आजसम्म पनि मेरो देशको भ्रष्टाचार रोकिएन
मेरै पालामा सकुँ भनेकोथे तर पनि सकिएन ।

त्यसपछि भारतका प्रधानमन्त्रीले सोधे
यमराजजी,
मेरो देशको भ्रष्टाचार कहिले सकिएला
यमराजले भने पैतिस बर्षमा
मोदिजीका आँखामा पनि आसु !
यमराजले सोधे पछि मोदीले भने
भ्रष्टाचार हटाउने मेरो मूल नारा थियो
अब मेरो पालामा पनि नसकिने भएपछि
मेरो पनि मनमोहनको जस्तै पारा भयो
ऐतिहाहिक पुरुष बन्ने सपना थियो
अब त्यो सब सारा गयो ।

अन्तिमा सुशिल दाले सोधे
हाम्रो देशको भ्रष्टाचार कहिले सकिएला
त्यसपछि त यमराजका आँखामा आँसु !!
सुशिला दा छक्क
के भन्ने भनी बिचरा अक्क न बक्क
यमराजले भने
तिम्रो देशको भ्रष्टाचार त
मेरो पालामा पनि नसकिने भो
त्यहाँबाट आएको भ्रष्टाचार
मेरो लोकमा पनि मिसिने भो
तिम्रा नेता यता आएपछि
मेरा दूतलाई पनि यो सिकाका छन्
कसरी दाम कमाउने बाटो देखाका छन्
अचेल मेरा दूतहरूले पनि
भ्रष्टाचार गर्न थालेका छन्
तिमीहरूलाई के भनूँ
ठुलो घोटाला गरेकोमा
चित्र गुप्तलाई भर्खरै
जेलमा हालेका छन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x