साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा सम्मोहन

Nepal Telecom ad

कुकुर किन घुक्छ ?
पैसा नभए पछि के गरोस् ?
कुकुरले किन आची खान्छ ?
खानु पर्नेले खाइ दिँदैन अनि के गरोस् ?
कुकुरले किन पुच्छर हल्लाउँछ ?
अगाडिका दुई हात खालि छैनन्, अनि के गरोस् ?

भँगेरा किन चिरबिर गर्छन् ?
पैसा छैन होला अनि चिरबिर नगरेर के गर्छन् ?
भँगेरा किन भुर्र भुर्र उडिरहन्छन् ?
पैसा नहुनेहरू किन एकै ठाउँ बसिरहन्छन् ?
भँगेरा किन त्यति साना हुन्छन् ?
पैसा छैन होला अनि कसरी मोटाउँछन् ?

कौवा किन काँ काँ गर्छ ?
पैसा छैन होला अनि काँ काँ नगरेर के गर्छ ?
कौवा साँझमा बढी काँ काँ किन गर्छ ?
पैसा बिना साँझ गुँडमा फर्कन पर्दा डरले काँ काँ नगरे के गर्छ ?

रंगी बिरंगी पुतली बगैँचामा किन चुपचाप उड्छन् ?
पैसा छैन होला अनि चुपचाप उड्छन्
फूल किन फक्रन्छन् ?
पैसा पाइन्छ कि भनेर अनेक रंगमा पÞmुल्छन्
झरना किन झरझर बग्छन् ?
पैसा छैन होला अनि तल खस्छन्
आमा बाले आफ्नो सन्तानको किन माया गर्नुहुन्छ ?
पछि पैसा कमाएर ल्याउला भन्ने आसमा माया गर्नु हुन्छ ।

मानिस हुनुको सबै भन्दा ठुलो फाइदा के हो ?
साञ्चिकै मानिस भएर पैसा कमाउन सक्नु हो
मनुष्य जीवनको सार्थकता केमा छ ?
पैसामा !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x