साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनेँ बन्द आजै

Nepal Telecom ad

बिहानै सुनेँ बन्द आजै रहेछ
सबै शक्ति लाग्ने कुरा नै रहेछ
गुडेका उडेका सबै रोक्नुपर्ने
टुटे बन्द काहीँ निकै ठोक्नुपर्ने ।।

जलाएर गाडी धुवाँ ताप्नुपर्ने
नयाँ राजनीति नसा नाप्नुपर्ने
विना ध्वंस संचार जाग्दैन भन्दै
उही काम आयो गरूँ ध्वंस गन्दै ।।

कुरा सुन्न छाडे यही मार्ग रोजूँ
जहाँ छिद्रजस्तो त्यही गल्ती खोजूँ
जसो होस् नयाँ शक्तिको रूप पाऊँ
सुनेँ बन्द आजै उठी तोड्न जाऊँ ।।

यिनै हात हुन् काम गर्ने सिपालु
कहाँ ठोक्नुपर्ने तताएर तालु
जलाएर गाडी निसाना बनाऊँ
सुनेँ बन्द आजै दगुर्दै म जाऊँ ।।

नबुझ्नेहरूको ठुलै पंक्ति रै\’छ
भयो बन्द भन्दा नसुन्ने छँदै छ
कतै भेट्नुपर्नै कतै अस्पताल
दगुर्नेहरूको पुरानै छ चाल ।।

सुनेँ बन्दमा बन्द रे पूर्ण काम
सके खान-बोल्ने कुराको लगाम
हुँदै हुन्न रे आज सामान्य व्यक्ति
घरैभित्र बस्नू अरे है सभक्ति ।।

जहाँ बाध्यताले सताएर पिर्छ
त्यहीँ बन्दको शक्ति नजानेर छिर्छ
जहाँ खान पुग्ने कुनै न्याय छैन
त्यहाँ बन्द छेक्ने कुरा नै हुँदैन ।।

सुनेँ बन्द आजै गरूँ भव्य पार्न
अहो ! भव्यताको नयाँ अर्थ सार्न
तताएर बाटो लखेट्दै म दौडूँ
जहाँ सर्वहारा त्यहीँसम्म दौडूँ ।।
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x