साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरु कुनै गल्ती छैन

Nepal Telecom ad

बेलुकी अल्ली ढिलो सुत्छु अरु कुनै गल्ती छैन
बिहान अल्ली ढिलो उठ्छु अरु कुनै गल्ती छैन

पिउन्न भन्यो पिउनै पर्ने कस्तो आदत बस्यो कुनी
हरेक साँझ भट्टी कुद्छु अरु कुनै गल्ती छैन

मस्ती गर्ने उमेरैमा उध्योग धन्दा कस्ले गर्छ?
हल्ली हल्ली गल्ली घुम्छु अरु कुनै गल्ती छैन

गाउँकी साँईली माईलीलाई कस्ले बाल दिन्छ र हौ
केकी अनि निता चुन्छु अरु कुनै गल्ती छैन

पढाई लेखाई गर्छु भन्यो छम्मा याद आउँछे दाजै
स्कुलका हर किलाँस छुट्छु अरु कुनै गल्ती छैन

जुवातास त खेल्नै हुन्न भन्छन ज्ञानीगुणीहरु
म त सँधै खालमै जुट्छु अरु कुनै गल्ती छैन

अर्तीबुद्धी दिनेको त मुखै हेर्न सक्दिन म
हाई काढेर त्यस्सै झुल्छु अरु कुनै गल्ती छैन

पौडी खेल्न जान्दिन म भैँसी कसम खान्छु साथी
आँखीतालमा झ्याप्पै डुब्छु अरु कुनै गल्ती छैन

हल्का गाँजा तानेपछी दोबाटोमा जान्छु सँधै
मिनी स्कर्ट लाउनी ढुक्छु अरु कुनै गल्ती छैन

सुर्ती गुट्खा मिठा अनि जर्दा पान खाने गर्छु
जताभाबी पिच्च थुक्छु अरु कुनै गल्ती छैन

सोझा सिधा सबैलाई मुर्गा पार्छु म त हजुर
तिनका गिदी जम्मै भुट्छु अरु कुनै गल्ती छैन

भुरा होइन तिन तिघ्राको भैसक्याछु अरे म त
ओछ्यानैमा अझै मुत्छु अरु कुनै गल्ती छैन

साथीसंगी सबैजाना बाबु आमा बनि सके
केटी खोज्दै बौलाहा हुन्छु अरु कुनै गल्ती छैन ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x