धनराज गिरीसमानुपातिकको पास देखाएर
मागे भोट केही गर्ने आस देखाएर
भाग्ने हुन् कि सपनाको लास देखाएर ?
अलि अलि डर लाग्न थालिसकेको छ
रूख भन्छन् हामीलाई घाँस देखाएर ।
आफ्ना सारा साला साली तान्ने शीर्ष तिर
समानुपातिकको पास देखाएर ।
कुरी कुरी गर्न थाले फेरि दुनियाँले
मालिक मालिक भन्छन् हरे दास देखाएर ।
दायित्व छ पूर्वतिर, लाग्छन् पश्चिमतिर
अरूलाई समस्याको रास देखाएर ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































