रविन शर्मा चापागाइँछैन तिम्रो भर भन्छिन्
जे जे गरे गर भन्छिन्
झुण्डिएर मर भन्छिन् |
संगै खोला तरौ भन्दा
तिमी एक्लै तर भन्छिन् |
लुकी लुकी भेटौ भन्छु
छैन् मलाई डर भन्छिन् |
तिमी संग छुटे पनि
भेट्छु राम्रो वर भन्छिन् |
टासिन म खोज्छु संगै
अल्लि उता सर भन्छिन् |
म नै तिम्रो स्वामी भन्दा
छैन तिम्रो भर भन्छिन् |
जहदा, नवलपरासी
Subscribe
Login
0 Comments
Oldest






































