साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए हजुर छिमेकी !

Nepal Telecom ad

मित्रताको पराकाष्ठा बखानूँ कसरी अब
बोलीले व्यक्त नै हुन्न व्यवहार सुदुर्लभ ।
छाया तिम्रो सधैँ पर्छ मायाको रङ्ग के भनूँ
मानौँ तिमी महाशक्ति अनौठो ढङ्ग के भनूँ ।

छहारी दिएझैँ गर्छौ मित्रता हो भनी भनी
सतर्कता कहा राखूँ सहजै शत्रु नै भनी ।
दियौ वाहनको सेवा यात्रामा जब मित्रझैँ
तिमीले बगली काट्यौ भनूँ खै तब शत्रुझैँ ।

दिएकै हो खुसी पार्न खान ओढ्न कयौँ कुरा
छानामा अग्निको ज्वाला पछाडि कसरी छुरा !
आशङ्का कसरी गर्नू छिमेकी मित्र भावमा
अन्योल नपरूँ लाग्छ यथार्थ व्यवहारमा ।

मुख मुस्कानको शैली न्यानो खै अनि के भनूँ
अरूलाई छक्क पार्ने कलाको जय नै भनूँ ।
बाहिरी कार्यको शङ्का जे होस् त्यो अपराध हो
तर मित्र कहाँ हुन्छौ गोप्यताभित्र नै अहो ! ।

घरैभित्र पसी आफैँ अधिकार भनी भनी
मैलाई पाठ वा शिक्षा दिन्छौ मित्र गनी गनी ।
परिवार फुटाएर मेरै नै मित्र भन्दछौ
पत्याऊँ कसरी आफू मित्रता नै बिगार्दछौ ।

नसम्झ मूर्ख छन् सारा छिमेकी स्वाभिमानका
भलो चिताउने प्यारा हुन्छन् नै विश्वज्ञानका ।
सोच है अरूको मात्र चियोचर्चो हुँदा हुँदा
आफ्नो खै के कहाँ पुग्ला लाज होला जसै छुँदा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x