सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपालको संविधान यमलोकको सभा !

Nepal Telecom ad

यमलोकको सभामा बोल्दै यमराज महाराजले गीताको श्लोक यसरी भन्न थाले : 
“मै द्रारा अघि देखि वध्य सब छन् योध्दा त्यसै कारण ।
तिम्रो जित हुनेछ युध्द गर लौ शंका नमानिकन ।।
चिन्दैनौ तिमीले मलाई तपनि मै देवको देव हुँ ।
गर्ने विश्व विनाश रुप यही हो, मै कालको काल हुँ ।।“
उक्त्त सिलक गीताको एघारौ अध्यायमा श्री कृष्णले अर्जुनलाई विश्व रुप धारण देखाई युद्ध गर्न उत्प्रेरणा दिनुभएको सारंश हो । यमराजले आफ्ना द्वारपाले चित्रगुप्त लगायतका सबै आफ्ना सहयोगीलाई गीताको श्लोकमा श्री कृष्णले विराटरुप देखाए झै नेपालमा पनि संविधानले झन्डै सतसट्ठी वर्षपछि विराट रुप देखाउन पुग्यो भन्दै प्रवचन दिन थाले ।
यमराजले फेरि थपे त्यै संविधानको रुप देख्न यो सतसट्ठी वर्षमा कतिले त राज्य गरेर हर्षित भए भने कतिको खती पनि भयो । शान्तिका नाम्मा संविधानका लागी ठुला ठुला क्रान्ति भए । संग्रामको नाममा कतिमा घाँटी निमोठिए । कतिका वंशै नाश भए भने कतिले अंशै आफ्ना नाममा जोड्न पचाओ वाडी लाजको काज द्रुत गतिमा गर्न थाले । तर किन छिमेकीले यसको विरोध गर्यो भन्ने कुरोको चुरो पत्ता लगाउन सत्ताको खेल जाल, झेल र जेल हुँदो रहेछ …’

यो भन्दै जाँदा द्रारपाले हतार हतार कार्यक्रम स्थलको ठुलो सभाकक्षमा आएर भन्यो “महाराज पृथ्वीको नेपाल भन्ने देशवाट एकजना स्वर्गवासी भएर आएको छ । ऊ त यहाँ आफ्नो कक्षमा कहीं कतै पहाड र हिमालको त देख्नै सक्दिन भन्छ कता राख्ने हजुर ?“

यमराजले भन्यो “ए ल आयावर्तै भारत खण्डे भन्छन् त्यतै लगेर मिलाई देऊन मानिहाल्छ नि हुन्न ?” चित्र गुप्तले भन्यो महाराज जबदेखि यो पत्र पत्रिका नेताहरू र दलबलको कुराहरू आएको छ नि ! ततपश्चात यात स्वर्गमा आउनेको भिड लागेको छ, हस्पिटलमा धाउनेको र विदेशी भिसा पाउनेको । यसरी त शान्त सुन्दर बुध्दको स्थल खाली हुन्न र ? कि नेता र जातजातिका संगठन र तिनका कार्यकर्ता वाहेक राम्रा मान्छे कसरी अडलान र हजुर सबै हाम्रा मात्रै भन्दै पार्टीका काठी समाउने मात्रै रमाइलो गर्दै अड्लान् हैन र ? गरिव जनता भोकले मर्ने जे होस यो संविधान रुपी श्री कृष्णजीको विराट रुपले के दिन्छ हेरौन हैन ?”

यमराज महाराजले सोधे “अब हिमालयन देशको के अवस्था छ ?” चित्र गुप्तले जवाफ दियो “महाराज हिमालयन देश नेपालको त राम्रा मान्छेको कुरै छोडौँ । हाम्रा दशौं अवतार शान्तिका दुत भगवान वुध्दलाई मात्रै नभएर उनका शिष्य दलाई लामालाई समेत खिचेर आर्य वर्ते भारत खण्डेमा उठाएर लग्यो अरे नि, खै के हो मैले पनि घोइरो घोइरो सुनेकै हो पत्ता लगाउन पर्यो ।”

यमराज महाराजले भने “सबै आर्यवर्ते भारत खण्डे हो नि हैन र ? सबैले पूजा लगाउदा भन्ने मन्त्र त्यही हो ! सबै तिर भरत राजाले राज्य गर्नु भएको थियो अरे नी । सँस्कृतिले पनि त्यसैलाई आधार मानेको त हो नि ?”
द्वारपालेले भन्यो “महाराज नेपाल वर्ताेको जेलमा जसरी कैदीहरू वर्ता भएका छन् । नेपाल वर्तै खण्डमा जसरी नेताहरू जातिय खण्ड, साम्प्रदायिक खण्ड र मुण्ड मुण्डका झुण्ड झुण्ड बुध्दिजीवीहरू बग्रेल्ती जन्मेका छन् त्यसरी नै हाम्रो स्वर्गमा पनि अतिवादी र अतिशर्मवादी र अतिशर्मवादीको बाढी नै चल्यो ! लौन महाराज यो कसरी रोक्न सकिन्छ ? यसको उपाय खोज्नु पर्यो ?”

“त्यसो हो भने नर्कको के अवस्था छ त ?” चित्रगुप्त महाराज यमराजले भयभित हुँदै प्रश्न तेर्साए । “नर्क लोकमा त महाराज अन्याय, अत्याचार, भ्रष्ट्राचार, पापाचार लगायतका स्मैक, चरस, गाँजा, दारु, पारु, सुरा, सुन्दरी र कालोबजारी, कमिसनखोर लगायतको के के धन्दा हुन थालेको छ महाराज के के !”

यमराज महाराजले कड्किएर भने हैन यो सबै नहोस् भनेर मैले जेल निरक्षक आयोग नै बनाएर एउटा सचिवालय समेत खडा गरेर त्यहाँ सचिवको समेत नियुक्त्ति गरेको थिएँ नि के भयो हँ ?” द्रारपालेले जवाफ दियो “महाराज एका बिहानै सचिव आउन पाएको छैन पुरै पत्र पत्रिका हेर्ने चिया पिउने, गफ चुट्ने र टिभी र पत्रपत्रिकामा नाम लेखाएर प्रचारवाजीको पछाडि सबै आयोगका सदस्यदेखि सचिव नेता भन्दा पनि दश गुणा अगाडी बढेका छन् । नर्कको फाईललाई उल्लंघन गरेर यस्तो गर्नु हुन्छ ? अस्ती चित्रगुप्त साहेवले त्यो नर्कवासीको फाइल हिमालय, नेपाल देशको मन्त्रालयमा पठाइ बक्सियो तर त्यसको उत्तरै आँउदैन भन्या, खै त्यहाँ त विना पैसा मन्त्रालयमा फिट्टु काम हुँदो रहेनछ प्रभु ।” भगवान– नेपालको कानुन भगवानले जानुन्” भन्ने त उखानै छ । त्यहाँ काम भनेको झट्ट हुन्न फट्ट पैसा नपाईकन प्रभु । खाली गफ मात्रै गर्ने गफाडी हुन प्रभु सचिवालयका मान्छे त त्यसैले यहाँको सचिवालयले पनि त्यही सकेको होला प्रभु । अब हजुरले नै नेपालको कुरा बुझ्न सिधै सँस्कृतिको आर्यवर्ते भारत खण्डे भन्ने त्यो उक्त्तिलाई बुझेर जुक्त्ति मिलाउनु पर्यो हजुर नत्र काम बन्दैन ।

त्यतिवेला यमराज महाराज हिमालयको देशाँ त धर्मको नाममा कामै भएन हैन ? खै त्यो संविधाना पनि के के छ एक पटक आर्यवर्तेमा नै बुझनु पर्ला अनि उनै दशौँ अवतारका बुध्दलाई एघारौँ अवतार दिएर पठाउनु पर्यो । नत्र भने धेरैको विचल्ली होला जस्तो छ । महाराज हाम्रो संविधानमा पनि हिमालयको जस्तो संशोधनवादी संविधान बनाउनु पर्ला जस्तो छ । जहाँ नेपालका छिमेकीले र नेपालको कानुन भगवानले जानुन् भन्ने त उखानै छ त्यसको मतलव “सानालाई ऐन ठुलालाई चैन “भन्ने जस्तै होला नि हैन र ?” महाराज नेपालका तीन तीनवटा नेताहरू नर्कमा बस्न नमानेर स्वर्गमा आए ? एउटाले भन्यो मत नेता होइन साहित्यकार हुँ । अर्कोले भन्यो मैले त सधैं गीता पाठ गर्थे र म प्रम भएर पनि कुनै सम्पत्ति जोडिन किन कि मैले सन्तान नै वनाईन । अर्को नेताले भन्यो– प्रमको कुर्ची त मैले लात मारेको म के को नर्कमा जाने’ ? मलाई स्वर्गमा लान्छस् कि फेरि’ भनेर लोरो नै देखायो महाराज ?

हो एक्कासी यमराज डराएर भने– “मलाई संसारका मान्छेको वारेमा कुनै चिन्ता भएन नेपालकै मानिसको चिन्ताले चितामा पुर्याउला जस्तो भयो बा !” भन्न नपाउदै ईन्द्र हतार हतार त्यहाँ पुगेर भने “मेरो इन्द्रासन डगमगायो” किन महाराज चित्र गुप्तले सोध्यो– हिमालय खण्डको नेपाल भन्ने देशको संविधानले !” यमराजले सोध्यो किन र महाराज ? “ईन्द्रले भने– अव त्यस देशको छिमेकीले र त्यसै देशका नेताहरूले के के कदम चलाउने हुन्, कतै त्यतैबाट त संसार हल्लन्न र यमराज ? मैले त चाला निको देखेको छैन नि…?
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले