सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई स्रष्टाका पुस्तक विमोचित

Nepal Telecom ad

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठान जोरपाटीमा असोज १६ गते दुई स्रष्टाका पुस्तक विमोचित भएका छन् । कवि कणाद महर्षिले लेखेका कविता कृति ‘दृष्टिको यात्रा’ र हास्यव्यङ्ग्यकार श्यामबहादुर लामाले लेखेका हास्यव्यङ्ग्य संग्रह ‘रत्यौलीको ठट्यौली’ साहित्यकार नरेन्द्रराज पौडेलले सुरभिको ६१ औँ कार्यक्रममा विमोचन गरेका हुन् ।

विमोचित कृतिको समीक्षा मध्ये ‘दृष्टिको यात्रा’को समीक्षा साहित्यकार शार्दुल भट्टराईले गरेका थिए भने ‘रत्यौलीको ठट्यौली’को समीक्षा साहित्यकार रामकुमार पण्डितले गरेका थिए ।

सो कार्यक्रममा प्रकाश बस्नेत गफाडी, प्रमोद प्याकुरेल, कुशुम शर्मा, युवराज मैनाली लगायतले कथा वाचन गरेका थिए । मेनका पोखरेलले स्वागत मन्तव्य दिएपछि सुरू भएको कार्यक्रम अच्युत घिमिरेले सञ्चालन गरेका थिए । प्रतिष्ठानका अध्यक्षता कवि बाजुराम पौडेलले गरेका थिए ।

–सुलेखका संवाददाता

Fitkauli Publication Books comming soon
Nepal Telecom ad