साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिचाहा पो रैछौ तिमी

Nepal Telecom ad

कठै भन्दै हेप्न खोज्ने, हेपाहा पो रैछौ तिमी
परी आउँदा मिच्न खोज्ने, मिचाहा पो रैछौ तिमी ।

खुलस्त छु सन्तुष्ट छु, पटक पटक भन्ने गथ्र्यौ
मनमा मोसो मुखको चोसो, पेटाहा पो रैछौ तिमी ।

हामी सबै समान छौं, घरी घरी दोर्होयाउँथ्यौ
झुक्याएर पेल्न खोज्ने, पेलाहा पो रैछौ तिमी ।

बाच्छाबाच्छी पाखा पगाई, उग्राउंदै फुँ फुँ गर्दै
गझधम्म बस्न सक्ने, बसाहा पो रैछौ तिमी ।

अभिभावक ठाने तिमिलाई, ओखतीको आशा गरें
टन्टनाई उल्टै दुख्ने, अधाहा पो रैछौ तिमी ।

रक्षा होला भन्ने सोची, दादा भन्दै निहुरी झुकें
अस्मितामा आँखा गाड्ने, बताहा पो रैछौ तिमी ।

२०७२ असोज
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x