साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब जनता लाग्नु पर्छ

Nepal Telecom ad

सिमानामा नाकाबन्दी
यता हाम्रो मुखाबन्दी
न ग्यास छ न मट्टीतेल छ
तर सजिलै पाइने भट्टीतेल छ
नेताहरू नयाँ बिकल्प खोज्न
अझै यिनी तिघ्रा कमाउँछन्
माना,ै भेटे अझै यिनले
मोदीको खुट्टा समाउँछन् ।

दुनियाँले बोलिदिँदा पनि यिनी
अझै भारतको बिरोध गर्न डराउँछन्
सयुक्त राष्ट्रमा पुगेर पनि
किन सुस्तरी कराँउछन् ?
जसले दुख दिएको छ
उल्टो उसकै सराहना गर्छन्
यी छेरुवा नेता कसरी
देशको लागि मर्छन्
सभासदलाई मन्त्री नपाइएला भन्ने डर
मन्त्री भएकालाई प्रधानमन्त्री नपाइएला भन्ने डर
कुन बेला प्रभुको शरण जालान्
यी लिखुरे नेताहरू के भर !!

हामी दुख सहन तयार छौँ भन्दा पनि
ठाउँमा पुगेर यी लिखुरे नेता बोल्दैनन्
उत्तरमा दुई चार नाका खोल भन्दा पनि
यिनले बाटो किन खोल्दैनन् ?

जुट्ने समयमा यिनी फुट्न सक्छन्
बिदेशीको ईशारामा फेरि
हाम्रै अहितमा उठ्न सक्छन्
यिनले मौका चुकाए भने
नयाँ नेतृत्व अगाडि आउनु पर्छ
हाम्रो गौरव झुकाए भने
यिनलाई पनि सीमा कटाउनु पर्छ ।

एक छाक खाएर भए पनि
अब देश बनाउन जनता जाग्नु पर्छ
यी छेरुवा नेताले नगर्न पनि सक्छन्
उत्तरको नाका खोल्न हामी लाग्नु पर्छ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x