साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाका सधैँ बन्द होस्

Nepal Telecom ad

आगो फुक्न सकिन्छ आँट निजको छन् स्रोत नाना थरी
केही काठ पराल गोबर कतै झन् कोइला बेसरी
विद्युत् शक्ति र सौर्यको प्रविधिले आगो जसै बल्दछ
इच्छा जागृत होस् नयाँ किसिमको पक्वान्न नै फल्दछ ।

यात्रा दुर्गम शैल वा नगरमा थाकिन्न पक्कै पनि
ऊर्जा इन्धन तेल हैन अब ता सूर्यांशु पानी अनि
विद्युत् साधन चेतना यदि भए पर्दैन त्यो तेल नै
इच्छाशक्ति अपारता यदि भए भोगिन्न त्यो जेल नै ।

खोजे शैल हिमाल ताल तलका पाइन्छ त्यो इन्धन
सोचे राष्ट्र नयाँ बनोस् हृदयले चाहिन्न अर्को धन
आफ्नै क्षेत्र गरा गरातिर सबै चाहिन्छ जे मिल्दछ
नाका बन्द रहोस् जुटे अब सबै यो धर्ती नै खिल्दछ ।

हेरौँ विश्व विकासका सरणी झन् कस्ता थिए देश ती
केही सोच अठोटले दिनदिनै निर्माण निस्शेष ती
हाम्रै झैँ तिनका खुला नगर छन् नाका कयौँ भूस्थल
पर्खेनन् तिनले अरूतिर पुगी ऊर्जा सधैँ केवल ।

आफ्नै पत्थर बालुवा वनहरू खोला हिमाली सदा
साँच्चै हेर विचार मात्र गरिए ऊर्जा यिनै सम्पदा
केको भारत मात्र मित्र बनिँदै नाका गरोस् बन्द नै
वास्ता हुन्न रहन्न छद्म मनको ईर्ष्या तथा द्वन्द्व नै ।

यस्तो स्थान कुनै जहाँ प्रकृतिको सद्भावना हीन होस्
मान्छे खातिर नित्य पूर्ण निधि छन् मानौ कुनै स्वर्ग होस्
केही कष्ट अवश्य हुन्छ पहिले नौलो कुनै कार्यमा
नेपाली अब बन्न सक्छ धन वा ऊर्जामुखी विश्वमा ।

आँटी बन्न सकौँ निरन्तर जुटी यौटै लिई चेतना
गुम्ने छैन मनुष्य भाव सबमा नेपाल संवेदना
सिक्दै पाठ हजार ठक्कर लिई निर्माण नै मन्त्र होस्
ऊर्जा इन्धन सम्पदा सुख लिऔँ नाका सधैँ बन्द होस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x