साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दान–वार्ता

Nepal Telecom ad

सीमा फुटाऊँ अनि देश बाडूँ
तत्काल वार्तासँग शेष बाडूँ
टुक्र्याउँदै शीर्ष बनूँ म नेता
भविष्य सोच्ने क्षण छैन वेत्ता ।।

झुकूँ तुरन्तै सुख खोज्नलाई
बिर्सेर सारा जन राष्ट्र भाइ
नेतृत्व के हो यसरी चिनाऊँ
यो राष्ट्र टुक्रा अब पार्न पाऊँ ।।

साम्राज्य बुझ्ने क्षण हैन आज
न दासता मर्म बुझूँ समाज
जसो जसो भारत भन्छ त्यस्तै
गरूँ म थालूँ सहजै दुरुस्तै ।।

पानी दिऊँ बाँध बनून् यथेष्ट
दाता बनूँ सुन्दर देश श्रेष्ठ
यो बुद्धिमत्ता किन व्यर्थ पारूँ
वार्ता गरी दान दिएर टारूँ ।।

जसो गरूँ सान रहोस् म नेता
सोधिन्न को हुन् जनता र वेत्ता
बाडूँ खुलेरै जति भाग माग्छन्
भविष्य सन्तान विदेश भाग्छन् ।।

कथा पढून् सन्तति देश एक
थियो कुनै दानबिसे विवेक
नेता थिए शीर्ष भविष्य द्रष्टा
नेपाल के विश्व अनन्त स्रष्टा ।।

सीमा नदी दान म यज्ञ थालूँ
वार्ता छ आजै अब मन्त्र फालूँ
आचार्य बन्ने क्षणमा सहर्ष
दिऊँ सबै भारत वर्ष हर्ष ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x