साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीलाई पत्र

Nepal Telecom ad

मोदी मानव रूपको तँ पशु होस्, ब्वाँसो खुनी भालु होस्
साक्षात् राक्षस होस् तँ जत्ति मनुवा झैं देखिने तालु होस्
लंकामा पहिले थिइस् तँ कसरी जन्मिस् छिरी भारत
खोज्दैछस् लिन आज रावण बनी नेपालको हुर्मत ।

नाका बन्द गरेर जो असुविधा निम्त्याउँदैछस् अरू
आफ्नै के हित देख्दछस् तँ यसमा भन्दे न जानौं बरु !
तेरै भारत देशका ऋषिहरूलाई तँ सोध् यो कुरा
सेवाको बदला लिईकन नधस् नेपाललाई छुरा ।

मट्टीतेल डिजेल ग्याँस अनि त्यो पेट्रोल तैं खा सब
चक्की औषधिका भकाभक चपा हे काल हे भैरव !
मर्छौं ता जनता बहादुरहरू नेपालकै मर्दछौं
बाँचेरै पनि लौ मरेर पनि लौ तेरै भलो गर्दछौं ।

नेपाली जनता यसै गरिगरी मार्दै गरेस् गौरव
तेरो आयु करोड बर्ष थपिने पक्का छ पक्का अब
मर्दैनस् तँ कदापि यै किसिमले खेती गरे लाशको
मोदी एक कलंक होस् तँ असली औतार होस् त्रासको ।

एकान्तस्थलमा बसीकन यसो सोचेर हेरे पनि
हुन्थ्यो क्यै अपराध बोध कि ’म के गर्दैछु ऐले’ भनी
काशी थ्यो नजिकै गईकन यसो हुन्थ्यो नुहाए पनि
मोदी जा तँ गया प्रयाग कृपया फिर्थिस् कि मान्छे बनी !

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x